बिहिबार , चैत्र १५, २०८०

नेपाली राजनिती,

काठमाण्डाै – देशभरको मौसम आंशिक देखि सामान्य बद्ली भएको छ ।

वाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी परिरहेको छ । आज दिउँसाे यी प्रदेशसँगै प्रदेश १ मा पनि पानी पर्ने मौसमविद् समीर श्रेष्ठले बताउनुभयो ।

राति भने गण्डकी, वाग्मती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी पर्ने छ । यी ठाउँमा मध्यमखालको वर्षा हुने सम्भावना रहेको मौसमविद् श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार आज र भोलि दिउँसाेको समयमा भन्दा रातको समयमा धेरै पानी पर्ने सम्भावना छ । सामान्यतया मनसुनको समयमा राति धेरै वर्षा हुने गरेको मौसमविद् बताउँछन् ।

यस्तै, राति केही ठाउँमा मेघगर्जनसहित चट्याङ पर्ने अनुमान पनि छ । भोलि पनि मौसम यस्तै हुने मौसमविद्ले बताएका छन् । प्रदेश १, गण्डकी, वाग्मती,,कर्णाली, सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मे’घगर्ज’नसहित मध्यम वर्षा हुने भएकाले बाढी प’हिरोको जो’खिम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पहाडी क्षेत्रमा पहिरो तथा गग्रान बहावको जो’खिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सावधानि अपना’उन आग्रह गरिएको छ ।

अहिले नेपालमा भारतको पश्चिमी राजस्थानको आसपासमा रहेको तथा पश्चिम बंगाल, झारखण्ड र उडिसा आसपासमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव परेको छ । उज्यालो अनलार्इन बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय