बुधबार , भाद्र १, २०७९

पुरा खबर,

https://www.videosprofitnetwork.com/watch.xml?key=98c6d4d85217b9b8b74b5180d02becab

साहस ऊर्जा लिमिटेडले भाेलि बुधवार देखि सर्व साधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने भएको छ ।

कम्पनीले प्रति कित्ता १०० रुपैयाँ अङ्कित मूल्यमा ७० करोड बराबरको ७० लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

निष्काशन गरिने प्रारम्भिक शेयरमध्ये पाँच प्रतिशत अर्थात् तीन लाख ५० हजार कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँड गरेको र तीन प्रतिशत अर्थात् दुई लाख १० हजार कित्ता शेयर कर्मचारीलाई सुरक्षित गरिएको छ ।

बाँकी रहने ६४ लाख ४० हजार कित्ता शेयरमा सर्वसाधारणले यही असोज ६ गतेदेखि आवेदन दिन पाउने भएका छन् ।

कम्पनीको विवरण पत्र अनुसार सर्व साधारणले असोज १० सम्म न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । यस अवधिसम्म माग गरिए जति आवेदन नआएमा असोज २० सम्म निष्कासन खुला हुने विवरण पत्रमा उल्लेख छ ।

कम्पनीले हाल सोलुखुम्बु जिल्लाका सोलु दूध कुण्ड नगरपालिका र थुलुङ दूधकोसी गाउँपालिकामा कुल ८६ मेगावाट क्षमताको सोलुखोला (दूधकोसी) जल विद्युत् आयोजना निर्माण गरिरहेको छ । कम्पनीले आयोजनाको प्रति–मेगावाट लागत १३ करोड ७९ लाख रुपैयाँ हुने विवरण सार्वजनिक गरेको छ ।

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सिआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका सबै बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट शेयरमा आवेदन दिन सक्नेछन् । साथै अनलाइनमार्फत ‘मेरो शेयर’ प्रयोग गरेर पनि शेयरका लागि आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले जनाएको छ ।

कम्पनीले आफ्नो जारी पुँजी तीन अर्ब पचास करोड रुपैयाँको प्रतिशेयर एक सय रुपैयाँ अङ्कित दरले हुने तीन करोड पचास लाख कित्ता शेयरमध्ये ३० प्रतिशत अर्थात् एक करोड पाँच लाख कित्ता सार्वजनिक निष्कासनका निमित्त छुट्याएको थियो । त्यहीअनुसार प्रतिशेयर एक सय रुपैयाँ अङ्कित मूल्यको ३५ लाख कित्ता साधारण शेयर गएकाे साउन २९ देखि भदौ २७ सम्म आयोजना प्रभावित क्षेत्र सोलुखुम्बुका बासिन्दाका लागि निष्कासन गरिएको थियो जसको बाँडफाँडसमेत भइसकेको छ । उज्यालो अनलार्इन खबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय