शुक्रबार , चैत्र १६, २०८०

हस्तकलाका सामग्रीभित्र लागुऔ’षध चरेस राखेर ओसारपसार गर्दै आएको गि’रोहलाई प्रहरीले पक्रा’उ गरेको छ।

नेपाल प्रहरीको ला’गुऔ’षध नियन्त्रण ब्यूरोले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी हस्तकलाका सामग्रीभित्र चरेश राखेर ओसा’रपसार गर्दै आएका नौजनालाई सार्वजनिक गरेको छ।

म्याग्दीका श्यामप्रसाद रोका, वीरबहादुर रोका, दिलबहादुर रोका, धादिङका अनिलबहादुर घले, सुनबहादुर गुरुङ, याङकी भनिने जितबहादुर तामाङ, माईला भनिने कृष्णबहादुर तामाङ, नुवाकोटका सेसे भनिने उर्पा तामाङ र वीरबहादुर तामाङलाई ब्युरोले सार्वजनिक गरेको हो।

उनीहरुको साथबाट कतार पठाउन हस्तकलाको सामानमा प्याक गरी राखेको ७ केजी ६१४ ग्राम चरेश बरामद गरिएको व्यूरोका प्रमुख एसएसपी हृ’दय थापाले जानकारी दिए। हाते कागजका डायरीहरुमा चरेश बरामद गरेर कतारलगायतका मुलुकहरुमा सो गिरोहले पठाउने गरेको पाइएको व्यूरोले जनाएको छ।

यसअघि उनीहरुले यसरी नै अचारको भाँडोमा समेत चरे’स राखेर भारत हुँदै हङकङ, थाईल्याण्ड, टर्कीलगायतका देशहरुमा लागुऔषधहरु ओ’सारप’सार गर्दै आएको पाइएको एसएसपी थापाले बताए। प’क्राउ परेका उनीहरुलाई निय’न्त्रणमा लिई का’रबाही प्र’क्रिया अघि बढाइएको प्रह’रीले जनाएको छ।

नुवाकोट विदुर नगरपालिका-१३ का उर्पा तामाङले कतार पठाउन उनीहरूलाई च’रेस उपलब्ध गराएको खुलेको छ । तामाङ यसअघि २०५४ सालमा ला’गुऔ’षध खैरो हेरो’इनसहित प’क्राउ परेर १९ वर्ष जे’ल बसेर छु’टेको खुलेको छ । उनै तामाङ जे’लमु’क्त भएर फर्किएपछि समेत ला’गुऔ’षधकै कारोबारमा सं’लग्न भएको खुलेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय