बुधबार , भाद्र १, २०७९

प्रहरीले बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने युवकलाई पक्राउ गरेको छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=98c6d4d85217b9b8b74b5180d02becab

पक्राउ पर्नेमा गणेश पंगेनी रहेका छन्। उनलाई सोमबार साँझ बुटवलबाट पक्राउ गरिएको हो।

पक्राउ परेका पंगेनीलाई इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ। उनले सोमबार बिहान बुटवल उपमहानगरपालिका–३ ज्योतिनगरमा पहिरो निरीक्षण गर्न गएका मेयर सुवेदीमाथि मुक्का प्रहार गरेका थिए।

केहिदिन अघि बुटवल–३, ज्योतिनगरमा खसेको पहिरो अवलोकन गर्न आज त्यहाँ पुगेका एमाले रूपन्देहीका अध्यक्षसमेत रहेका मेयर सुवेदीमाथि पंगेनीले मुक्का हानेका हुन्।

लुम्बिनी वाणिज्य क्याम्पस बुटवलका विद्यार्थी समेत रहेका पंगेनी अनेरास्ववियु रुपन्देही जिल्ला कमिटी सदस्य रहेको खुलेको छ। पहिरो अवलोकनका लागि मेयर, नगर प्रहरी, नेपाल प्रहरीको टोली पुगेको थियो। सो स्थानमा केहि दिन अघि खसेको पहि’रोका कारण धेरै घरहरूमा क्षति पुगेको छ।

तर, पहिरोले ज्योतिनगरबासी विस्थापित र असुरक्षित हुँदा पनि स्थानीय सरकारले चासो नदिएको प्रति उनीहरुले मेयरको चर्को वि’रोध गरेका छन्। पंगेनी पहिरो प्रभावित क्षेत्र बुटवल–३ ज्योति नगरका बासिन्दा हुन्। पक्राउ परेका पंगेनीले प्रहरी समक्ष कार्यशैलीप्रति चित्त नबुझेकाले आक्रोशित भएर मुक्का हानेको बताएका छन्। अनलार्इन खबरबाट साभार गरियको

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय