बिहिबार , बैसाख ६, २०८१

काठमाडौं।

नेकपा (एकीकृत समाजवादी)का सांसद सोमप्रसाद पाण्डेले अष्टलक्ष्मी शाक्य र भीम रावलले केपी ओलीको मुख कसरी हेर्न सकेका होलान् भनी आश्चर्य प्रकट गरेका छन् ।

माधवकुमार नेपाललाई पार्टी फुटाउन उक्साउने १० जना स्थायी कमिटी सदस्यले द्वैध भूमिका खेलेको उनको आरोप छ ।

नेता पाण्डेले भने, ‘एमाले फुटाउन विगतमा माधव नेपाल विचार समूहमा रहेका १० जना स्थायी समितिका सदस्यको धेरै ठूलो हात छ । उहाँहरु माधव नेपालकै कारण उपाध्यक्ष, उपमहासचिव, सचिव, स्थायी समिति सदस्य बन्नुभएको थियो ।

उहाँहरुमध्ये कोही मुख्यमन्त्री बन्न नपाएको, कोही मन्त्री बन्न नपाएको, कोही मन्त्रीबाट हटाएको आक्रोशमा हुनुहुन्थ्यो । निर्वाचन आयोगमा दर्ता गरेको नेकपा (एकीकृत समाजवादी) को विधान पनि उहाँहरुले नै तयार गर्नुभएको हो ।’

नेता पाण्डेले माधव नेपाललाई एमालेमा फर्कनै नसक्ने बनाउने १० नेता नै भएको उनको भनाइ छ । उनले थपे, ‘शेरबहादुर देउवा प्रधानमन्त्री बन्न तयार हुनुहुन्थेन, केपी ओलीविरुद्ध अविश्वास प्रस्ताव राख्न पनि तयार हुनुहुन्थेन । माधव नेपाललाई बूढानीलकण्ठ लगेर देउवालाई प्रधानमन्त्री बन्न कन्भिन्स गर्ने भीम रावल नै हो ।

जेठ २ गते उहाँको घरमा अर्को पार्टी दर्ता नगर्नुस्, विधा न च्या त्न आएको हुँ भन्दा मलाई संघ, प्रदेश र स्थानीय चुनावमा गठबन्धन बनाउने र संघीय संसद्मा ३० सिटमा सहमति भइसकेको छ, तपाईं ठूला कुरा नगर्नुस् भन्ने पनि भीम रावल नै हो ।

दुष्ट ओलीसँग मिल्नै हुन, तपाईंले जुध्नुभएन, मुटु द ह्रो पार्नु भएन, खुट्टा टेक्न सक्नुभएन भने हामी तपाईंलाई साथ दिँदैनौं भनेर माधव नेपाललाई धम्का उने अष्टलक्ष्मी शाक्य पनि आज ओलीसँगै हुनुहुन्छ । मलाई अचम्म लाग्छ, अष्टलक्ष्मी शाक्य र भीम रावलले केपीको मुख कसरी हेर्नुभएको होला?’

सांसद पाण्डेले आफू नवौं महाधिवेशनपछि नै माधव नेपाल विचार समूहमा रहे पनि अन्तिम समयसम्म पनि पार्टी विभाजनको पक्षमा नरहेकाले निर्वाचन आयोगमा नाम पठाउँदा हस्ताक्षर नगरेको बी गरे । तर, पार्टी विभाजनपछि सर्वोच्च अदाल त गएर एकीकृत समाजवादी रोजेको उनले बताए ।

उनले भने, ‘म माधव नेपालको एजेन्डा बोकेर हिँडेको मान्छे हुँ । त्यसैले समाजवादी पार्टी रोजेको छु । तर मेरो अझै पनि पहल पार्टी एकतामै हुन्छ । जुन पार्टीमा रहे पनि म यो एजेन्डा छाड्दिनँ । कम्युनिस्ट आन्दोलनलाई अघि बढाउनुपर्छ ।’

उनले पार्टी विभाजनअघि भदौ ७ गते अध्यक्ष ओलीलाई भेटेको पनि स्मरण गरे । उनले भने, ‘पार्टी विभा जनका निम्ति निर्वाचन आयोगमा जाँदा मेरो हस्ताक्षर थिएन ।

ओलीलाई आ त्मालो चना गराएर पार्टी एकता अक्षुण्ण राख्ने हाम्रो कोसिस थियो । ओलीको निवासमा माधव नेपालको प्रस्ताव लिएर रघु पन्त र म गएका थियौं । तर ओलीले माधव नेपालको प्रस्ताव स्वी कार नगर्ने भएपछि हामीले पार्टी विभाजन हुने थाहा पायौं । ओलीले मलाई माधव नेपालकहाँ जाने गल्ती नगर्नू भन्नुभयो ।

म अहिले समाजवादीमा लागेको मन्त्री बन्नका लागि होइन । संसद् पूर्ण कार्यकाल चलोस् भनेर हो । म अहिले पनि पार्टी एकताका लागि चिन्तित छु ।’ यो खबर सिधाबाटो डटकममा छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय