शनिबार , बैसाख ८, २०८१

पुरा खबर,

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया जान नपाएका नेपाली युवालाई दुईवटा शर्तसहित लैजाने सम्बन्धमा तयारी सुरु भएकोे छ ।

कोरियन पक्षले नेपालबाट सिधा उडान र कडा स्वास्थ्य मापदण्ड पूरा गरी रोकिएका १० हजारभन्दा बढी युवालाई लैजाने गरी तयारी भएको हो ।

कोरियाबाट फर्केका श्रमिकहरुको संस्था अंकुर नेपाल, वैदेशिक रोजगार विभाग ईपीएस शाखा नेपाल र मानव संशाधन विकास बोर्ड (एचआरडी) कोरियाबीच यस विषयमा छलफल भएको थियो ।

ईपीएस अन्तर्गत रोकिएका नेपाली युवालाई रोजगारीका लागि कोरिया जाने वातावरण बनाउन नेपाल र कोरियाबीच निरन्तर भइरहेको छलफलपछि रोकिएका नेपाली जाने सम्भावना बढेको छ । कोरियन पक्षले राखेका शर्त पूरा गर्ने सम्बन्धमा नेपाल सरकारले प्रक्रिया पूरा गरेका कारण अब भने कोरिया जाने बाटौ खुल्ने छ ।

अंकुर नेपालका अध्यक्ष लालप्रसाद भट्टराईले कोरियन पक्षले राखेका शर्त नेपालले पूरा गरेका कारण रोकिएका नेपाली जाने वातावरण बनेको बताए । “कोरोना संक्रमणका कारण विगत १ वर्षभन्दा बढी समयदेखि रोकिएका श्रमिकको कोरोना बिमा र नेपाल कोरियाबीच सिधा उडानका विषयहरु रहेका छन्,” उनले भने, “कोरोना बिमाको लागि बिमा कम्पनीहरु छनोट भइसकेको र सिधा उडानका लागि पनि टेण्डर आह्वान भइसकेको छ ।”

सिधा उडानको लागि अक्टोबर ६ मा सम्झौता गरिने तयारी छ । सम्झौतापछि उडान नियमित उडान सुचारु हुने ईपीएस शाखा नेपालका निर्देशक सुरेश राउतले बताए । कोरिया जाने व्यक्तिहरूको पिसिआर परीक्षण नेपालमै व्यवस्थित तथा कडा क्वारेन्टिनको व्यवस्था गरी सिधै एयरपोर्टमा लैजाने गरी तयारी भइरहेको छ ।

यति गरेर पनि कोरिया पुग्दा कोभिड संक्रमण देखिएमा पुनः यो प्रक्रिया रोकि सक्ने भएकोले सबैलाई सावधानी अपनाउन अनुरोध गरिएको छ । यसअघि यही प्रक्रिया अपनाई ८ वटा देशबाट थोरै संख्यामा लैजान सुरु गरेकोमा हाल ३ वटा देशबाट मात्र श्रमिक कोरिया गइरहेका छन् । कारोवार दैनिक

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय