मंगलबार , बैसाख ४, २०८१

काठमाडौं, ३ असोज ।

‘हर्के हवल्दार’ टेलिश्रृंखलाका चर्चित हाँस्य कलाकार रमेश केसी ‘मट्टारे’ को सुटिङ सेटमै निधन भएको छ ।

सुटिङकै क्रममै नि’धन भएका ६९ वर्षीय केसीको आइतबार नै पशुपति आर्याघाटमा अन्त्ये’ष्टि गरिएको कलाकार संघका अध्यक्ष रवीन्द्र खड्काले जानकारी गराएका छन् ।

‘हर्के हवल्दार’ ले बनाउन लागेको एउटा गीतको सुटिङका लागि उहाँ काभ्रेस्थली भन्ने ठाउँमा आफै मोटरसाइकल चलाएर पुग्नु भएको रहेछ ।

एकछिन बसेर विष्णु सापकोटा ‘हर्के’ सँग बातचित पनि गर्नुभएछ । त्यसपछि सुटिङसेटमै बेहोस् हुनुभयो । अस्प’ताल लैजानुअघि नै उहाँको निधन भइसकेको रहेछ’, रवीन्द्रले सुनाए ।

‘मट्टारे’ लामो समयदेखि मुटुका बिरामी थिए । उनको परिवारमा श्रीमती, दुई छोरा र एक छोरी छन् । कलाकारहरुले ‘म’ट्टारे’ को नि’धनसँगै सामाजिक सञ्जाल फेसबुकमा श्रद्धाञ्जली दिएका छन् ।

कलाकार उत्तम केसीले फेसबुकमा लेखेका छन्, ‘वरिष्ठ कलाकर्मी रमेश केसी ‘मट्टारे’ ज्यूले यो संसार त्याग्नु भएको दु’खद् ख’बरले मर्मा’हत तु’ल्याएको छ । भाव’पूर्ण श्रद्धा’ञ्जली अर्पण गर्दै उहाँको आ’त्माको चीर शा’न्तिको कामना गर्दछु । अभिनय कर्म गरिरहेकै अवस्थामा उहाँको दु’खद् नि’धन भएको हो ।’

कलाकार गोपाल ढकाल ‘छन्दे’ ले फेसबुकमा लेखेका छन्, ‘हार्दिक श्र’द्धाञ्जली रमेश दाइ । आफ्नो जीवनको धेरै समय कलाकारितामा बि’ताउनु भएको, विशेष गरी हाँस्यव्यंग्य विधामा चर्चित नाम, मिलनसार व्यक्तित्व रमेश केसी ‘मट्टारे’ दाइको असामयिक निधनले स्तब्ध बनायो । स्वर्गमा बास होस् दाइ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय