बिहिबार , बैसाख १३, २०८१

अभिनेत्री करिश्मा मानन्धरले उत्साहित हुँदै हिजो राति १०ः३४ बजे फेसबुकमा एउटा पोस्ट शेयर गरिन्,

जहाँ उनले पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले फाेन गरेर आफ्नो हालखबर सोधेकोप्रति खुसी व्यक्त गरेकी छन् ।

सँगै उनले फोनमा आएका, डायल गरिएका नम्बरहरू देखिने गरी स्क्रिनसट पनि राखेकी थिइन् । उनले अहिले त्यो फोटो हटाइसकेकी छन् ।

करिश्माको फेसबुक पेजमा अहिले स्टाटस मात्रै छ । पोस्टमुनि आएका केही कमेन्टकै कारण उनी फोटो हटाउन बाध्य भएकी हुन् ।

नहटाउन् पनि किन, स्टाटस र फाेटाेबीचकाे तालमेल जाे मिल्दैमिल्दैन । उनले ओलीबाट आफूलाई फाेन आएकाे लेखेकी छन्, फाेटाेमा उनलेचाहिँ फाेन गरेकाे देखिन्छ । कमेन्टहरू बर्सिन थालेपछि उनले फोटो त हटाइन् तर हिजोआज डिलिट गरिहालेँ भनेर सुखले बस्न कहाँ पाइन्छ र । स्क्रिनसटको जमाना जो छ ।

त्यही स्क्रिनसट राखेर धेरैले उनलाई सोधेका साेध्यै छन्, ‘कल त तपाईंले गरेको देखिन्छ ।’ खासमा फोनमा आएको, गएको र छुटेको कल देखाउने तीनथरि एराे हुन्छन् । आएको कल देखाउँदा ‘हरियो चिन्ह भएको तीर (एरो)’ नम्बरविपरीत फर्किएको हुन्छ ।

गएको कल देखाउँदा त्यही तीर नम्बरतिर फर्केको हुन्छ । छुटेको अर्थात् मिस्ड कल देखाउनेचाहिँ रातो चिन्ह हुन्छ । अरूको फोन आउँदा एरो यता फर्किन्छ, केपीले गर्दा उता फर्किने रैछ ? फेसबुकमा बिनोद खड्काले कमेन्ट गरेका छन् । ओलीसँग भएको व्यक्तिगत कुराबारे हतारहतार

फेसबुकमा शेयर गरेकोमा जनता समाजवादी पार्टीनिकट समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठको पनि चित्त बुझेनछ । उनले कमेन्टमा लेखेका छन्, ‘कठै ! तपाईंको स्तर बल्ल थाहा भो ! तपाईंंलाई कसरी त्यति ठूलो नेतृ मानेर हिँडिएछ । अहिले यो कुरा सुनेर चैं म आफैँ तीन छक परेँ । साभार र्इ सिधाकुरा डटकम

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय