शुक्रबार , बैसाख ७, २०८१

पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई राष्ट्र गौरव पदवीबाट सम्मान गरिने भएको छ ।

यो सम्मान राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदान गर्ने उक्त मानपदवीमध्ये दोस्रो ठूलो सम्मान हो ।

पूर्वप्रधानमन्त्री खनालसँगै यो सम्मान मन्त्रिपरिषद्का पूर्वअध्यक्ष स्व. सुवर्ण शमशेर राणालाई पनि प्रदान गरिने भएको हो । सरकारले संविधान दिवसको अवसरमा हरेक वर्ष विभिन्न क्षेत्रमा योगदान गरेका व्यक्तित्वहरुलाई विभिन्न मानपदवी र विभूषण गर्दै आएको छ ।

यो वर्ष सरकारले ९०३ जनालाई सम्मान गर्ने भएको छ । यता सरकारले संविधान दिवसको अवसरमा प्रदान गर्ने विभिन्न मानपदवी र विभूषणमा प्रचण्डपत्नी सीता दाहाल पनि परेकी छन् ।

यो वर्ष मानपदवी र विभूषण हुने ९०३ जनाको लिष्टमा सीता दाहाल पनि परेकी हुन् ।

मन्त्रिपरिषदको बैठकबाट सिफारिसमा सिफारिसमा परेकी सीता दाहाललाई प्रसिद्ध प्रबल जनसेवाश्री प्रदान भएको हो । सिफारिसमा परेका सबैको आजै राष्ट्रपति कार्यालयमा सम्मानको कार्यक्रम रहेको छ । यस्तै कार्टुनिष्ट रविन सायमीले सरकारबाट विभूषण नलिने घोषणा गरेका छन् ।

तर उनले सामाजिक सन्जालमार्फ्त सो पदक ग्रहण नगर्ने घोषणा गरेका हुन् । सायमीले लेखेका छन्, ‘सरकारले मलाई प्रवल जनसेवा श्रीबाट विभुषित गर्ने निर्णय गरेको रहेछ । तर हाललाई यो विभूषण ग्रहण नगर्ने निर्णय गरेको छु ।’

सायमीले अनलाइनखबरसँग भने, ‘पदक वितरण दलीय प्रभावबाट मुक्त हुन सकेन, त्यसैले मैले नलिने निर्णय गरें ।’ आफू ‘स्वतन्त्र रुपमा पत्रकारितालाई सहयोग गर्ने मान्छे’ भएकाले यो पदक लिन नसुहाउने उनले बताए । सरकारबाट वितरण हुने विभूषणले राष्ट्रियस्तरको प्रतिष्ठा कायम गर्न पनि नसकेको उनको भनाइ छ । अनलाइनखबर र न्युज २४ बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय