शुक्रबार , बैसाख ७, २०८१

काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा ८ जनालाई मा’फी र ५२३ जनाको कैद क’ट्टा गरेकी छन् ।

२०७२ साल असोज ३ गते संविधान जारी भएको दिनलाई सरकारले राष्ट्रिय उत्सवको रुपमा मनाउने र उक्त अवसर पारेर कै’दी ब’न्दीको कै’द क’ट्टा र मा’फी दिन सक्ने का’नुनी व्यवस्था अनुसार यो निर्णय भएको हो ।

मुलु’की फौ’जधारी कार्यविधि संहिता, ०७४ को दफा १५९ को प्रावधान अनुसार पूर्णबहादुर भन्ने किशोर भण्डारीसमेत ८ जनाको कै’द सजाय मा’फी भएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । त्यस्तै, हर्कबहादुर राई समेत ५२३ जना कैदीहरुको भुक्तान हुन बाँकी कैद क’ट्टा गरी मा’फी मि’नाहा गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

असोज ३ गते संविधानको अवसर पारेर कैद माफी र कैद कट्टाका लागि मन्त्रिपरिषद बैठकले राष्ट्रपतिसमक्ष भदौ २९ गते सिफा’रिस गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय