बिहिबार , बैसाख १३, २०८१

मकवानपुर।

गएराति त्रिभुवन राजपथको पालुङ–नौबिसे सडकखण्ड अन्तर्गत सोप्याङ खोलामा भएको ट्रक दुर्घटनामा थाहा नगरपालिका वडा नं १ का सदस्य सुन्दर प्रधानको मृ’त्यु भएको छ ।

पालुङबाट काठमाडौँका लागि तरकारी बोकेर जाँदै गरेको ना ५ ख ८६४२ नं को ट्रक गएराति ११ः५५ बजे थाँक्रे गाउँपालिका–८ स्थित सडकबाट करिब ७० मिटर तल उक्त खोलामा ख’सेर दुर्घ’टना भएको खानीखोला इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रुपा थापाले जानकारी दिए ।

ट्रक ख’स्न लागेपछि त्यहाँबाट हामफाल्ने क्रममा उनको घट’नास्थलमै मृ’त्यु भएको हो। यस्तै, चालक प्रमोद अर्याल भने हाम फा’लेर ज्या’न जोगाउन सफल भएको प्रहरी निरिक्षक थापाले बताए। साभार अनलार्इन नेपालबाट फार्इल् तस्बिर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय