शनिबार , बैसाख ८, २०८१

पुरा खबर,

अन्तरिक्षमा ९० दिन बसेन तीन चिनियाँ यात्री पृथ्वी फर्किएका छन् ।

चीनको अहिले सम्मको लामो मानवसहितको अन्तरिक्ष अभियान सकेर तीन अन्तरिक्षयात्री पृथ्वी फर्किएका हुन् ।

पृथ्वी भन्दा तीन सय ८० किलोमिटर (दुई सय ४० माइल) माथि रहेको चीनले बनाएको अन्तरिक्ष केन्द्रको टियाहे मोड्युलमा ९० दिन बसेर उनीहरू पृथ्वी फर्किएका हुन् ।

चिनियाँ अन्तरिक्षयात्रीहरू न्ये खाइसङ, ल्यु बोमिङ र टाङ हङ्बो हिजो बिहीवार शन्जो–१२ अन्तरिक्षयान चढेर अन्तरिक्ष केन्द्रबाट निस्किएका थिए । यी तीन चिनियाँ अन्तरिक्षयात्रीले आज शुक्रवार स्थानीय समयअनुसार दिउँसो १ः३५ मा भित्री मङ्गोलियाको गोबी मरुभूमिमा अवतरण गरेका छन् । त्यही ठाउँबाट गएको जुन १७ मा उनीहरूको अन्तरिक्षयान उडेको थियो ।

यो सफल अभियानले अन्तरिक्षमा चीनको आत्मविश्वास र क्षमता बढेको देखिने बीबीसीमा उल्लेख छ । अन्तरिक्ष केन्द्रमा रहँदा ती तीन अन्तरिक्षयात्रीले पृथ्वीमा डाटा पठाउने प्रयोग गर्ने र घण्टौँसम्म अन्तरिक्षमा हिँड्ने गरेका चीनबाट प्रकाशित ग्लोबल टाइम्सले जनाएको छ ।

सन् २०१९ मा चीनले चन्द्रमाको पृष्ठभागमा मानव रहित एउटा सानो अन्तरिक्षयान पठाएको थियो । पृथ्वीबाट नदेखिने त्यो भागमा कुनै अन्तरिक्षयान पुगेको त्यो नै पहिलो पटक थियो । पाँच वर्षपछि अहिले अन्तरिक्षमा यात्री पठाएको चीनले लामो समयका लागि मानवसहित यान पठाएको यो पहिलो पटक थियो ।

केही वर्षयता चीनले अन्तरिक्ष र खगोलशास्त्र क्षेत्रमा निकै प्रगति गरेको छ ।साभार गरियको खबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय