काठमाडौं ।

नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले नेकपा एमालेमा फर्किएका नेतालाई जिम्मेवारी दिन नसक्ने बताएकी छन् ।

शनिबार सिन्धुलीमा आयोजित कार्यक्रममा उनले यु’द्धबाट भाग्नेहरुलाई फेरि ल्याएर कमा’न्डर बनाउन नसक्ने बताएकी हुन् ।

‘यु’द्धबाट भाग्नेहरुलाई फेरि ल्याएर कमा’न्डर बनाउन सकिँदैन’ उनले भने, ‘यु’द्धबाट भागेका यु’द्ध अपरा’धी जस्तालाई किमार्थ माफी गर्नु हुँदैन । तर सरेन्ड’र गरे भने ढोका खोल्नुपर्छ । संसारमा यु’द्ध अप’राधीलाई माफी दिएको तमाम इतिहास छ । त्यसैले ढोका बन्द गर्नुहुन्न ।’

नेतृ झाँक्रीले विचार समूहका हिसाबले धेरै समयमा कन्फ्युजनमा राखेका र पछि हरियो सापलेझैं डसेको बताइन् ।

विगतमा माधवकुमार नेपाल समूहमा रहेका नेताहरु भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त र अमृतकुमार बोहरा नेकपा एमालेमै फर्केका थिए ।

झाँक्रीले उनीहरुलाई भ’गौड जर्नेलको संज्ञा दिँदै कमा’न्डर मान्न नसकिने बताएकी हुन् । यो खबर अनलार्इनखबर मा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय