बिहिबार , बैसाख १३, २०८१

पुरा खबर,

मन्थली माध्यमिक विद्यालयका शिक्षकहरुले खाजाको रुपमा खाएको ५ ह जार रुपैयाँको लोकल भालेको रकम तत्काल असुल उपर गर्न स्थलगत छानविन समितिले निर्देशन दिएको छ ।

मन्थली माध्यमिक विद्यालयमा भएको अनिय मितताको बिषयमा मन्थली नगरपालिका शिक्षा शाखामा परेको उ जुरी पछि गठित स्थलगत छानविन समितिले अनुगमनको क्रममा खाजाको नाममा लोकल भालेलाई ५ हजार दिएको बिल फेला पारेको छ ।

मन्थली माध्यमिक विद्यालयको लेखा शाखाका कागजात चेकजाँच गर्ने क्रममा ५ हजार रुपैयाँमा लोकल भाले खाएको बिल राखेर सोही बिल बमोजीम भुक्तानि दिएको फेला पारेपछि उक्त बिल अनुसारको रकम असुल उपर गर्न छानविन समितिले विद्यालयलाई निर्देशन दिएको हो ।

मन्थली माविका शिक्षकहरुले २०७७ साल चैत्र ३१ गते मन्थलीमा रहेको जे एस भोजनालय एण्ड लजमा खाजा खाएको र उक्त होटलले शिक्षकहरुले खाएको खाजा सहितको रकम पाउँ भनी होटल संञ्चालकले बिल नं ७७० मा लोकल भाले ५ हजार उल्लेख गरि बिल पेश गरेका थिए ।

सोही बिल बमोजीम मन्थली माविले होटल संचालकलाई रकम भुक्तानी गरेको थियो ।मन्थली माविमा भएको अनियमितताको बिषयमा छानविन गर्न मन्थली मावि पुगेको स्थलगत छानविन समितिले विद्यालयको खातापाता हेर्ने क्रममा ५ हजारको लोकल भालेको बिल फेला परेपछि उक्त बिल हेरेर समितिका सदस्यहरु गलललल् हाँसेका थिए ।

कागजात हेर्ने क्रममा ५ हजारको लोकल भाले भन्ने बिल फेला परेपछि उक्त बिल हेरेर हामीलाई उठेको हाँसो रोक्न सकेनौंँ एक सदस्यले बताए ।स्थलगत छानविन समितिले मन्थली नगरपालिकामा बुझाएको प्रतिवेदन सार्वजनिक भएपछि अहिले रामेछापमा ५ हजारको लोकल भालेको चर्चा बजारमा चलेको छ ।

अहिलेसम्म ५ हजारको लोकल भाले नदेखेका र नखाएका नागरिकहरु मन्थली माविका शिक्षकले खाएको ५ हजारको लोकल भाले कहाँ पाइन्छ भन्दै खोजीमा जुटेका छन् । साभार गरियको खबर

प्रतिक्रिया

सम्बन्धित खवर

प्रचण्ड सरकारको एक वर्ष : अन्तिम अवसर पनि गुमाउँदैछन् प्रचण्ड प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको छ । यो उहाँलाई इतिहासले दिएको एउटा अन्तिम अवसर थियो । त्यो समय उहाँले गुजार्नुभयो । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । तर उहाँले यसको ऐतिहासिक दायित्वबोध नै गर्नुभएन । 2 9.7k Shares facebook sharing button twitter sharing button messenger sharing button whatsapp sharing button डा. बाबुराम भट्टराई डा. बाबुराम भट्टराई २०८० मंसिर २९ गते २२:०९ इतिहासले प्रचण्डजीलाई एउटा अन्तिम अवसर दिएको थियो । तर प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको देखिन्छ । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । गत आम निर्वाचनमा मैले नै प्रचण्डजीलाई गोरखामा आमन्त्रण गरेको हुँ । त्यहाँ मानिसहरूले भने जस्तो कुनै लेनदेन थिएन । पटक–पटक सत्तामा बसिरहनुहुँदैन । सडक, सदन र सरकारको तीन स्थानबाट गतिविधि अगाडि बढाएर मात्रै समाज रूपान्तरण हुन्छ भन्ने मान्यता राख्छु । मुख्यतः सडक हो भन्नेमा विश्वास गर्ने भएकोले म आफू नउठ्ने भन्ने थियो । मैले उहाँलाई भित्रैदेखि साँच्चै सहयोग गर्न खोजेको के थियो भने जे भए पनि हिजो त्यति ठूलो आन्दोलन गरेर आएका सहकर्मी हुनुहुन्छ । शान्ति प्रक्रिया लगायत कतिपय कामहरू अझै टुंग्याउन बाँकी पनि छन् ।

ताजा समाचार

लोकप्रिय