शुक्रबार , चैत्र १६, २०८०

पुरा खबर

साहसिक कुराहरु मन पराउने एक नवविवाहित दम्पतीले आफ्नो वैवाहिक फोटोसुटका लागि भीरको टुप्पामा पोज दिएका छन् ।

कोभिड–१९ का कारण आफ्नो विवाह भव्य बनाउन नपाएपछि उनीहरुले यो साहसिक तरिका रोजेका हुन् ।

अमेरिकाको अर्कन्सास राज्यको माउन्टेन होमका ३० वर्षका र्यान र २८ वर्षकी स्काइ मायर्सले आफनो विवाह कार्यक्रम भव्य बनाउन चाहेका थिए तर कोरोनाभाइरस प्रतिबन्धका कारण योजना बदल्नुपरेको थियो ।

आफ्नो योजना परिवर्तन गर्नु परेपछि यी साहसी जोडीले आफ्नो विवाहको खुसीयाली हक्सबिल क्रागमा साहसिक फोटोसुट गरेर मनाउने निर्णय गरे ।

यो भीर उनीहरुको गृहराज्यमा ह्वाइटेकर प्वाइन्ट ट्रेकिङ रुटमा पर्छ । फोटोसुटका क्रममा भीरको छेउमा श्रीमानको हात समाएर त्यसैको सहारामा उभिएकी स्काइले अचानक श्रीमानको हात छोडेको पल पनि क्यामेरामा कैद भएको छ । यद्यपि अर्को एउटा फोटोमा उनले सेफ्टी रोप लगाएको खुलासा हुन्छ ।

द सनका अनुसार यी दुईका फोटोहरु फोटोग्राफर मेसन गार्डनरले खिचेका हुन् । र्यानका अनुसार उनीहरु ४ वर्षभन्दा धेरै समयदेखि साथमा थिए । गएको जूनमा मात्र उनले अब आफू स्काइसँग बिहे गर्नको लागि अझै लामो समय प्रतिक्षा गर्न नसक्ने कुरा स्काइलाई बताएका थिए ।

उनीहरु भव्य बिहे चाहन्थे तर स्काइले नर्सिङको पढाइ सुरु गरेकोले उनीहरुसँग समय थिएन । त्यसमाथि कोरोनाभाइरस प्रतिबन्धका कारण उनीहरुले यो तरिका सोचेका थिए । साभार गरियको खबर ।

प्रतिक्रिया

सम्बन्धित खवर

प्रचण्ड सरकारको एक वर्ष : अन्तिम अवसर पनि गुमाउँदैछन् प्रचण्ड प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको छ । यो उहाँलाई इतिहासले दिएको एउटा अन्तिम अवसर थियो । त्यो समय उहाँले गुजार्नुभयो । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । तर उहाँले यसको ऐतिहासिक दायित्वबोध नै गर्नुभएन । 2 9.7k Shares facebook sharing button twitter sharing button messenger sharing button whatsapp sharing button डा. बाबुराम भट्टराई डा. बाबुराम भट्टराई २०८० मंसिर २९ गते २२:०९ इतिहासले प्रचण्डजीलाई एउटा अन्तिम अवसर दिएको थियो । तर प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको देखिन्छ । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । गत आम निर्वाचनमा मैले नै प्रचण्डजीलाई गोरखामा आमन्त्रण गरेको हुँ । त्यहाँ मानिसहरूले भने जस्तो कुनै लेनदेन थिएन । पटक–पटक सत्तामा बसिरहनुहुँदैन । सडक, सदन र सरकारको तीन स्थानबाट गतिविधि अगाडि बढाएर मात्रै समाज रूपान्तरण हुन्छ भन्ने मान्यता राख्छु । मुख्यतः सडक हो भन्नेमा विश्वास गर्ने भएकोले म आफू नउठ्ने भन्ने थियो । मैले उहाँलाई भित्रैदेखि साँच्चै सहयोग गर्न खोजेको के थियो भने जे भए पनि हिजो त्यति ठूलो आन्दोलन गरेर आएका सहकर्मी हुनुहुन्छ । शान्ति प्रक्रिया लगायत कतिपय कामहरू अझै टुंग्याउन बाँकी पनि छन् ।

ताजा समाचार

लोकप्रिय