बिहिबार , बैसाख १३, २०८१

काठमाडौं ।

नेपाल प्रहरीका डिएसपीको मासिक तलब हाल ४० हजार तीन सय ८० रुपैयाँ छ ।

तलबबाट धेरै प्रहरी अधिकारीलाई घर धान्न, छोराछोरी पढाउन गाह्रो छ । तर, यति नै तलब खाने कतिपय अधिकृतले भने काठमाडौंमै करोडौंका महल ठड्याएका छन् ।

त्यसमध्ये एक हुन् डिएसपी सन्तोष तामाङ । जसले हालै करिब १० करोड मूल्य बराबरको घर बनाएका छन् ।

ललितपुरको झम्सिखेलमा रहेको उनको पाँच तले घर देखेर उनका समकक्षी समेत चकित हुने गरेका छन् । आनाको करिब करोड रुपैयाँ पर्ने झम्सिखेलमा उनले सात आना जग्गामा रिसोर्ट शैलीमा भव्य भवन बनाएका छन् ।

एक सामान्य प्रहरी अधिकृतले यस्तो भव्य घर कसरी बनाउन सफल भए ? स्रोत भन्छ–प्रहरी आवरणमा डिएसपी तामाङले अ’वैध गतिविधि गर्दै आएका छन् ।झापा घर भएका उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको आडमा समेत सम्पत्ति जोडेको स्रोत बताउँछ ।

ओली पहिलोपटक प्रधानमन्त्री हुँदा उनी ओलीका पिएसओ थिए । त्यही कारण रसुवाको प्रहरी प्रमुख हुने अवसर पाए । रसुवामा हुँदा सुन त’स्कर स’मूहसँग मिलेर त’स्करीको लाइन खुलाएर उनले मोटो रकम कमाएको स्रोत बताउँछ ।त्यसो त उनी आफैं पनि ठेक्कापट्टाको काममा संलग्न छन् ।

ठमेलमा गु’न्डागर्दी गर्ने उमेश लामासँगको सा’झेदारीमा उनले ठे’क्कपट्टा गर्दै आएका छन् । उमेश लामा र डिएसपी तामाङको श्रीमतीको नाममा पबित्रा मल्टिपल जेभी र भण्डार फो’टुङग नामक कम्पनी रहेको स्रोत बताउँछ । तिनै कम्पनीमार्फत उनी ठेक्कापट्टामा सं’लग्न छन् ।

साथै अ’वैध गतिविधिमा संलग्न स’मूहसँग उनको साँठगाँठ रहेको स्रोत बताउँछ ।यो त एउटा प्रतिनिधि घटना मात्र हो । नेपाल प्रहरीमा यसरी रातारात करोडपति बन्नेहरुको संख्या ठूलो छ । तल्लो तहका प्रहरीहरु तलबबाट परिवार पाल्नै नपुगेपछि राजीनामा दिएर पलायन भइरहेका बेला ठूला नेतानिकट प्रहरी अधिकृतहरु भने पदको दु’रुपयोग गरेर यसरी रातारात सम्पत्ति जोडिरहेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्तिको छानबिन नै गर्न छाडेकाले पनि यसरी कमाउनेहरुको मनोबल बढेको छ । भन्न त ओली आफैँले भ्रष्टाचारीको मुखै हेर्दिन पनि भने, तर आफ्नै पिएसओ भ्रष्ट भएको उनले पत्तै पाएनन् । दृष्टि साप्ताहिकबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय