बिहिबार , चैत्र १५, २०८०

टि’कटक बनाउने क्रममा सेती नदीमा ख’सेर तनहुँमा एक किशोरी बेप’त्ता भएकी छन् ।

शुक्लागण्डकी नगरपालिका–८ लालिमकी १९ वर्षीया पवित्रा लम्साल बेप’त्ता भएको इलाका प्रहरी कार्यालय बेल चौताराले जनाएको छ ।

शुक्लागण्डकी नगरपालिका–८ पुलचोकस्थित सेतीनदी किनारमा रहेको रक गार्डेनमा ‘टिकटक बनाउने क्रममा उनी ख’सेर बेप’त्ता भएकी हुन् ।

आफ्ना दुई साथीसँग घुम्नका लागि पुलचोक गएकी लम्सालको नदीमा ख’सेर बेप’त्ता भएपछि स्थानीयवासी र नेपाल प्रहरीको सहयोगमा खोजी भइरहेको इलाका प्रहरी कार्यालय बेल चौतराका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए ।

घटना हुँदा पवित्रा संग अरु २ जना साथी पनि थिए । पवित्रा स्कुलमा आफ्नो रिजल्ट लिन आएकी थिइन् र साथीहरुसंग निकै समयपछि भेट भएको हुँदा उनीहरू टि’कटक बनाउन भनी रक गार्डेन आएको पवित्राका साथीले बताए ।

साथीहरूको अनुसार पवित्रालाई भेट्न भनी उनको देवर आएको र देवरलाई भेटेपछि उनीहरु फेरि रक गार्डेनमा गएर फोटो खिच्न गएका थिए।

त्यसपछि पवित्रा खोला नजिक गएको र खोलाले ब’गाएको उनीहरुले बताए। केही दिनअघि मात्र विवाह भएकी लम्साल दुल्हन फर्काउन माइत आएकी थिइन् । मंगलबार दिउँसो दुई साथीहरूसँग घुम्न सेती नदीमा रहेको रकगार्डेन पुगेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय