बिहिबार , चैत्र १५, २०८०

काठमाडौं ।

कतार सरकारले आफ्नो प्रहरीमा नेपालका युवालाई तत्काल भर्ना नगर्ने निर्णय गरेको छ।

यससँगै कतार प्रहरीका लागि छनोट भएका दुई सय नेपाली युवाको भविष्य अन्यौ ल हुने देखिएको छ।

कतारले दोहास्थित नेपाली दूतावासलाई प्र हरीमा भर्ना नलिने बारे जानकारी दिएको हो। नेपाल सरकारले समयमै निर्णय गर्न नसकेकाले कतार प्रहरी भर्ना प्रक्रिया नेपालमा रोकिएको जनाइएको छ।

‘कतारले सन् २०२१ का लागि प्र हरीमा लैजान अघिल्लै वर्ष माग गरेको थियो, त्यसको आवश्यकता, करारका साथसाथै कुन ठाउँमा काम गर्ने भनेर दूतावासलाई जानकारी गराएको थियो,’ कतार सरकारको भनाइ उद्धृत गर्दै राजदूत नारदनाथ भारद्वाजले भने, ‘नेपालले लामो समयसम्म जवाफ नदिएकाले अहिलेको आवश्यकता अन्यन्त्रबाट पूरा गरेका छौं।’

कतारले गत मंसिरबाटै प्र हरी सेवामा भर्ना गर्न खोजेको थियो। म्यानपावर कम्पनी वा सरकारी संयन्त्रमार्फत भर्ना गर्ने भन्नेमा विवाद भएपछि यो प्रक्रिया अगाडि बढेको थिएन।

गत मंसिरको पहिलो साता मागपत्र प्रमाणीकरण नभई म्यानपावर कम्पनीले अन्तर्वार्ता राखेपछि वैदेशिक रोजगार विभागले हस्त क्षेप गरेको थियो। त्यसबेला अन्तर्वार्ता लिनका लागि कतारका उच्च अधिकारीहरू काठमाडौं आएका थिए । – फाइल तस्बिर चाैतारी डेलीबाट साभार गरियको खबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय