बिहिबार , चैत्र १५, २०८०

पुरा खबर,

चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गरिरहेको धुर्मुस-सुन्तली फाउण्डेसनले रंगशालालाई पूर्णता दिन आर्थिक समस्या भएको जनाएको छ।

फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ ले रंगशाला निर्माणका क्रममा १६ करोड रूपैयाँ ऋ’ण लागेको बताए।

सेतोपाटी सँगको कुराकानीमा धुर्मुसले भने, ‘आर्थिक स’मस्याका कारण रंगशाला निर्माणको काम प्र’भावित बन्न थालेको जानकारी सरकारलाई गराएका छौं, सहज अवस्था बनाउन अर्थमन्त्रीबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ।’

धुर्मुसले रंगशालाको संरचना निर्माणको काम साउन १५ गतेदेखि अघि बढाउन नसकेको बताए। ‘मैदानको व्यवस्थापनको काम भइरहेको छ तर संरचना थप गर्ने काम अघि बढाउन सकिएन’, उनले भने, ‘को’रोना भा’इरसको महामा’रीको असरले सहयोग संकलन पनि घट्दा’ स’मस्या भएको हो।’

धनधान्याचल महायज्ञमा बोल कबोल गरिएको सहयोग रकम नउठ्दा ऋ’ण तिर्न नसकिएको उनले बताए।उनले रंगशालाको हालसम्म भएको काम, अब गर्नुपर्ने कामहरूको विषयमा अर्थमन्त्रीलाई लिखित जानकारी गराएको बताए। ‘सरकारले ५० करोड रूपैयाँ सहयोग गर्‍यो भने हामी अब १ वर्ष भित्रमा रंगशालाको निर्माण सक्छौं,’ उनले भने, ‘सरकारबाट सकारात्मक प्रतिक्रिया आएको छ, हामीले हात उठाएका छैनौं।’

फाउण्डेसनका अनुसार रंगशालाको निर्माण कार्य ३५ प्रतिशत सकिएको छ। सुरू आती दिनबाटै को’रोना महा’मारीको अ’सर परे पनि निर्माण सुरू भएको करिब १ वर्षभित्रमा ३५ प्रतिशत काम सकिएको भन्दै उनले बोलक बोल रकम उठेर सरकारको सहयोग प्राप्त भए एक वर्ष भित्रमा सबै काम सकिने दाबी गरे।

रंगशालाको मुख्य मैदान र ३ हजार जना अट्ने प्याराफिट अहिले तयार भइसकेको छ। पिच निर्माणपछि खेल खेलाउन मिल्ने अवस्थामा पुग्ने धुर्मुसले बताए। फाउण्डेसनले ३० हजार जना अट्ने प्याराफिट सहितको रंगशाला निर्माण गर्न खोजेको हो।

२०७५ सालको माघमा निर्माणको घोषणा गरिएको रंगशालाको संरचना निर्माणको काम गत वर्ष सुरू गरिएको थियो।यो अवधिमा ५४ करोड ६२ लाख रूपैयाँ खर्च भएको फाउ’ण्डेसनले जनायो। तर रंगशाला निर्माणका लागि प्राप्त सहयोग भने ३८ करोड ३४ लाख मात्रै छ।

सहयोग संकलनका लागि गरिएको धनधान्याचलमा ६९ करोड रूपैयाँभन्दा बढी सहयोग बोलिए पनि आधा रकम पनि संकलन भएको छैन। सहयोग बोल्ने सरकारी निकायलेसमेत रकम हस्तान्तरण गरेका छैनन्। सरकारी निकायलेमात्रै ५१ करोड १२ लाख ३० हजार ८३२ रूपैयाँ सहयोग घोषणा गरेका थिए। सेतोपाटीबाट साभार गरियको खबर ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय