शुक्रबार , चैत्र १६, २०८०

पुरा खबर,

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बुधबार बुटवलमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थिए ।

बुटवलबाट राजधानी फर्किँदा साँझ परिसकेको थियो । काठमाडौँ ओर्लेर उनी आफ्नो निजी निवास बालकोट नगई सिधै राष्ट्रपति कार्यालय शीतलनिवासतर्फ लागे ।

एमाले अध्यक्ष ओलीले शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग राति ८ बजेदेखि १० बजेसम्म दुई घण्टा छलफल गरे । यो भेटबारे शीतलनिवास र बालकोट स्रोतले केही पनि सार्वजनिक गर्न चाहेको छैन । राष्ट्रपतिबारे ओलीको भेटवार्ताबारे राष्ट्रपति कार्यालयका कर्मचारी बोल्न चाहेनन् ।

राष्ट्रपति भण्डारी र अध्यक्ष ओलीबीचको भेटवार्ता नेकपा एमालेको आन्तरिक विषयमा केन्द्रित रहेको बुझिएको छ । भेटमा संसद्को अवरोध लगायतका विषयमा पनि छलफल भएको स्रोतको भनाइ छ । यो खबर रातोपाटोबाट साभार गरियको खबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय