शनिबार , बैसाख ८, २०८१

पुरा खबर

नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उडेको प्लेन दृश्यबाट बिलाउँदै गएजस्तै गरी बिलाएर जाने टिप्पणी गरेका छन् ।

उनले माओवादी केन्द्र र एमाले एकीकरणपछिको मूल पार्टी आफूहरूकै भएको भन्दै प्रचण्डले आफ्नो गुट मात्र लगेको बताए ।

‘तपाईं त्रिभुवन इन्टरनेसनल एयरपोर्टबाट उडेको प्लेन देख्नुहुन्छ नि । उडिराखेको ठाउँबाट पहिले हेर्नुस् विशाल प्लेन हुन्छ कति धेरै मान्छे बोकेको हुन्छ । उड्दै गयो खिइँदै जान्छ । उड्दै जाँदा सानो हुँदै एकछिन पछि देखिन छोड्छ,’ उनले भने, ‘अब प्रचण्डपथ त्यही हो । कता गए प्रचण्ड, कता गए प्रचण्डपथ । यात्रा त्यही हो अब । उडेको जहाज बिलाउँदै दृश्यबाट हटेजस्तो सानो हुँदै गएजस्तै ।’

विगतमा नेकपामा रहेका नेता कार्यकर्तालाई एमालेमै फर्किन पनि उनले आग्रह गरेका छन् ।

‘एकीकृत पार्टी भइसक्यौँ फेरि कहाँ प्रचण्डलाई लहड लाग्यो भन्दैमा फेरि अलग भएर जाने ? तपाईंहरू पार्टीको कार्यकर्ता हो कि प्रचण्डको घरेलु कार्यकर्ता हो ?,’ उनले भने, ‘म साथीहरूलाई प्रचण्डको घरेलु कार्यकर्ता नहुन, पार्टीका कार्यकर्ता हुन, एकीकृत पार्टीमा फर्किएर आउन, महान उद्देश्यका लागि काम गर्न आग्रह गर्छु ।’ साभार लोकान्तर संवाददाता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय