बुधबार , बैसाख १२, २०८१

पुरा खबर,

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपाबाट प्रचण्ड गुटमात्रै अलग भएको बताउनुभएको छ ।

माओवादी केन्द्रका मुख्य नेताहरू एमाले मै रहेको भन्दै उहाँले माधव नेपालको बुद्धिमा लागेर प्रचण्डले आफनो नेतृत्वको सरकार ढालेको आ’रोप लगाउनुभयो ।

नेकपा एमाले रुपन्देहीले आज बुधवार बुटवलमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले समाज सेवा केन्द्र बनाएर एमाले अघि बढ्ने बताउनुभयो ।

देशभर समाज सेवा केन्द्र बनाएर नागरिकको सेवामा एमाले जाने अध्यक्ष ओलीले बताउनुभयो । ‘कसैसँग सहयोग गर भनेर जाँदैनौ तर हाम्रो काम देखेर कसैले सहयोग गर्दछ भने अस्वीकार गर्दैनौँ,’ उहाँले भन्नुभयो ।

पूर्वप्रधानमन्त्री ओलीले विकास वि’रोधी तत्त्वले आफनो सरकारलाई विस्थापित गरेको बताउनुभयो । उहाँले चुनावपछि एमाले सरकारमा आउने र विकासलाई निरन्तरता दिने बताउनुभयो ।

कम्युनिस्ट पार्टीका नाममा प्रधानमन्त्री बन्ने मौका पाएका झलनाथ खनाल, माधव नेपाल, प्रचण्डले विकास गर्न नसकेको उहाँले आ’रोप लगाउनुभयो । ‘उनीहरूले गरेनन्, मैले काम गर्छु भन्दा दिएनन्’, ओलीले भन्नुभयो ।

कार्यक्रममा एमाले उपमहासचिव विष्णु पौडेलले आउँदो चुनावपछि एमाले पुनः सत्तामा जाने बताउनुभयो । उहाँले एमालेबाहेक समृद्धिको खाका कसैले पनि कोर्न नसक्ने बताउनुभयो ।

माधव नेपालले नेतृत्व गरेको पार्टीले देशभर एक सिट पनि जित्ने हैसियत नराख्ने नेता पौडेलले दाबी गर्नुभयो । पूर्वअर्थमन्त्री समेत रहनुभएका पौडेलले ओली सरकारले ल्याएको लोकप्रिय बजेटलाई प्रतिस्थापन गरेर वर्तमान सरकारले जनविरोधी काम गरेको बताउनुभयो ।

अर्का उपमहासचिव घनश्याम भुसालले एमाले भाँडिएको भन्दै समीक्षा गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । ‘गल्ती गर्नेहरू सबैले समीक्षा गरौँ यो कुरा माधव नेपालमा पनि लागू हुन्छ’, उपमहासचिव भुसालले भन्नुभयो ।

उहाँले एमालेलाई कमजोर बनाउने र उ’त्ता’उलो बन्ने छुट नभएको बताउनुभयो । उपमहासचिव भुसालले पार्टीको आउँदो महाधिवेशनले एमालेलाई साङ्गठनिक रूपमा समेत व्यवस्थित गर्ने बताउनुभयो ।

नेता टोपबहादुर रायमाझीले असफल नेताहरूले एमालेलाई घे’ब’न्दीमा राख्ने प्रयास गरे पनि त्यसलाई चिर्दै अगाडि बढ्न सक्षम रहेको बताउनुभयो ।चुनाव जित्ने है’सियत नभएपछि माधव नेपाल प्रचण्ड–कांग्रेसको शरणमा पुगेको रायमाझीले आरोप लगाउनुभयो ।यो खबर दैनिक न्युज नेपालमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय