तनहुँ, २९ भदौ
टिकटक बनाउने क्रममा सेती नदीमा खसे’र तनहुँमा एक किशोरी बेप’त्ता भएकी छन् ।
शुक्लागण्डकी नगरपालिका–८ लालिमकी १९ वर्षीया पवित्रा लम्साल बेप’त्ता भएको इलाका प्रहरी कार्यालय बेल चौताराले जनाएको छ ।
शुक्लागण्डकी नगरपालिका–८ पुलचोकस्थित सेतीनदी किनारमा रहेको रक गार्डेनमा टिकटक बनाउने क्रममा उनी ख’सेर बेप’त्ता भएकी हुन् ।
आफ्ना दुई साथीसँग घुम्नका लागि पुलचोक गएकी लम्सालको नदीमा ख’सेर बेप’त्ता भएपछि अहिले स्थानीयवासी र नेपाल प्रहरीको सहयोगमा खोजी भइरहेको इलाका प्रहरी कार्यालय बेल चौतराका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिनुभयो ।
घुम्ने क्रममा साथीहरुसँग टिकटक बनाउन नदी छेउमा रहेको ढु’ङ्गामा उभिएकी लम्साल अचानक चि’प्लिएर नदीमा ख’सेको उनीसँगै गएका साथीहरुले बताएको उहाँले बताउनुभयो । लम्साल अचा’नक चि’प्लिएर नदीमा खसेपछि उनका साथीहरुले प्रहरीलाई खबर गरेपछि तत्कालै खोजी कार्यमा खटिएको उहाँले जानकारी दिनुभयो । (रासस)