मंगलबार , बैसाख ११, २०८१

भिडियो हेर्न तल थिच्नुस,

रोल्पाको विकट गाउँ ह्वाँमा भन्ने ठाउँमा जन्मिएकी शान्ति श्री परियार उनको सात वर्ष सम्मको बाल्यकाल ह्वामामै बित्यो ।

त्यसपछि उनी रोल्पाको सदरमुकाम लिवाङ झरिन् उनी लिवाङ मा रहेको बालकल्याण उच्च मावि मा पढ्न थालिन् ।

सानै उमेरदेखि गीत संगीत मा निकै नै लगाव राख्ने शान्ति श्री परियार स्कुलमा तथा रोल्पामा हुने सांस्कृतिक कार्यक्रम मा गीत गाएर सबैको मन जित्दै गइन् र रोल्पालीहरुको को तारा नै बन्न पुगिन्।

त्यसपछि उनी उनको पढाई पुरा न हुँदै सानै उमेरमा काठमाडौं झरिन् र उनी दोहोरी साँझ मा गाउन थालिन् ।सानो उमेर नव नायिका निकै नै दुक कष्ट गर्दै उनले पहिलो एल्बम घर छ तीन तलेमा स्वर दिइन् गीत धेरै राम्रो भएपनि तर यो गीतले त्यति बजार ज्याउन सकिन ।

दुःख कष्ट गर्दै जाँदा उनले एकतर्फी मायामा स्वर दिने मौका पाइन् जुन गीत उनको लागि गुड लक साबित भयो जुन गीतले नेपाली बजार बेसरी तायो ।अनि लगत्तै उनले तेस्रो गीत मिलन लामा संग गाईलाई दाम्लो माछिलाई फुरुलुङ्ग मा स्वर दिइन् र त्यो गीत पनि निकै नै चल्यो ।त्यसपछि उनले धेरै गीत गाउँदै गइन् ।

लगत्तै उनले पशुपति सर्मा संग बास को टुप्पो हल्लियर मा स्वर दिइन् जुन गीत पनि शान्ति श्रि का लागि गुड लक नै साबित भयो ।उनले लोक तथा दोहोरी गीत मात्र न भएर आधुनिक गीत पनि गाएका छन् । तीज गीत बुहारी सुत्केरी भइछ मा उनले स्वर तथा मोडलिङ पनि गरेकी छिन् ।

गायन क्षेत्रमा अघि बढ्दै गर्दा अहिले पछिल्लो अवस्थामा तपाईं हामी सबैलाई मन छुने सत्यकथा मा आधारित गीत प्रकाश सपुतको बोल माया सम्म आई पुग्दा उनी अहिले सबैको नेपालीको आखाको तरता बनेकी छिन् । साभार गरियको खबर भिडियो तल छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय