शनिबार , बैसाख ८, २०८१

भिडियो हेर्नुस,

तनहुँको शुक्लागण्डकीस्थित रकगार्डेनमा टिकटक बनाउने क्रममा सेती खोँचमा पसेकी युवतीको अवस्था अझै अ’ज्ञात छ ।

वडा नं. ४ र ८ को सीमामा रहेको रकगार्डेन क्षेत्रमा तस्बिर खिच्ने र टिकटिक बनाउने क्रममा शुक्लागण्डकी वडा नं. ८ की १९ वर्षिया पवित्रा लम्साल ख’सेर बेप’त्ता भइन् ।

तीन जना साथीहरुसँग मिलेर उनीहरु सेतीको किनार रकगार्डेन गएका थिए । घ’टना मंगलबार दिउँसो २ बजेतिरको हो ।

पक्की पुल र झोलुङ्गे पुलको बीचबाट ती युवत्ती खसेर बेपत्ता भएको प्रह’रीको भनाई छ ।

बेप’त्ता पवित्राको केहि दिनअघि मात्र विवाह भएको बताइएको छ । ५ दिनअघि विवाह गरेकी लम्साल दुल्हन फर्काउन माइत आएकी थिइन् ।जानकारका अनुसार उनको यही भदौ २६ गते भिमादको किहूँका सिग्देल थरका युवकसँग विवाह भएको हो । स्याङ्गजा जिल्ला हरिनाश गाउँपालिका घर भइ शुक्लागण्डकी नगरपालिका वडा नं ८ लालिमस्थित काका काकीसँग बस्दै आएकी थिइन् ।

पवित्रा नदिमा पसे’को भिडियो पनि सार्वजनिक भएको छ । सेती खोचमा पसिरहँदा साथीहरु चिच्या’ई चि’च्याई तल न’जान रोकिरहेका छन् । ‘कस्तो हो के तिमी… पवित्रा… लान्छ के ओई…’ भनेको स्पष्ट सुनिएको छ । नदीमा ख’सेपछि उनका साथीहरुले प्र’हरीलाई खबर गरेका थिए ।

जानकारी पाए लगत्तै प्रहरीले सेती नदी छेउछाउमा खोजी कार्य जारी राखेपनि फेला पार्न नसकिएको र बुधबार बिहानैदेखि पुनः खोजी कार्य गरिने प्रहरीले जनाएको छ । भिमाद क्षेत्रमा पनि प्रहरीलाई परिचालन गरिएको प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले गण्डक न्यूजलाई जानकारी दिए । भिडियो हेर्न यहाँ थिच्नुस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय