बुधबार , भाद्र १, २०७९

साहस उर्जा लिमिटेडले यही असोज ६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=98c6d4d85217b9b8b74b5180d02becab

कम्पनीले सर्वसाधारणमा ७० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने भएको हो ।

कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ७० लाख कित्ता साधारण शेयर निष्काशन गर्ने भएको हो ।

निष्काशन गरिने कुल शेयरमध्ये ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। सर्वसाधारणले बाँकी ६४ लाख ४० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीका अनुसार उक्त शेयर सर्वसाधारणले असोज १० गतेसम्म आवेदन दिन सक्नेछन् । अधिकतममा १० लाख ५० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । अार्थिक न्युजबाट साभार गरियको खबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय