बिहिबार , बैसाख १३, २०८१

नेकपा एमालेका नेता महेश बस्नेतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल ‘प्रचण्ड’ उनले भने जस्तै एक्लो हुने वताएका छन् ।

राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमीटीले सोमबार साँझ बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै बस्नेतले यस्तो वताएका हुन ।

‘पछिल्लो समय माओवादी अध्यक्ष प्रचण्डका अभिव्यक्ति आफू एक्लिएको बताउँदै हिंड्न थालेका छन्, त्यो वास्तविक हो’ उनले भने–‘प्रचण्डले जीवनको अन्तिम क्षणमा पुग्दा रुने मान्छे पनि नपाउने अवस्थामा पुगेका छन् । यो हामीले होइन प्रचण्ड आफैले एक्लिएको महशुस गरिसकेका छन् ।’

प्रचण्डले आइतबार राजधानीमा आयोजित ‘नेपाली कम्युनिस्ट आ न्दोलनको कार्य दिशा’ नामक पुस्तकको विमोचन कार्यक्रममा क्रान्तिकारी पार्टीको नेतृत्व गरे पनि एक्लै पर्न सकिने भन्दै चिन्ता व्यक्त गरेका थिए ।

‘माओ त्सेतुङले श्रीमतीको पनि विश्वास छैन भन्नुभयो । कहिले काहीँ मलाई पनि यस्तै यस्तै हुँदो रैछ । म एक दुई–वर्षपछि एक्लो पो हुने हो कि ! माओले जस्तै म पनि एक्लै छु भन्नुपर्ने हो कि ! कहिलेकाहीँ त्यस्तो चित्र पनि दिमागमा आउँछ’– उनले भनेका थिए ।

आफ्नो पुस्ताको नेतृत्व अन्तिमसम्म पदमा बस्न मन नभएको पनि उनले वताएका थिए । नयाँ संश्लेषण विना क्रान्तिलाई अगाडि लैजान नसकिने भन्दै उनले ‘अहिले तीन टुक्रा भएर गलत भयो भनेर यति यान्त्रिक र अवस्तुवादी विश्लेषण सही हुँदैन । त्यहाँभित्र पनि एउटा विषय थियो र उद्देश्य थियो । त्यहाँभित्र कस्तो बहस चल्यो भन्ने त एउटा समीक्षाको जरुरी छ’ भने। नेपाल अाजाबाट साभार गरियको

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय