बिहिबार , बैसाख १३, २०८१

पुरा खबर

नेपाल विद्युत् प्राधिकरणले तालिका नगरे पनि झ्याप्प–झ्याप बिजुली जान थालेपछि सर्वसाधारणलाई अप्ठ्यारो भएको छ ।

तर, प्राधिकरणले दैनिक तीन सयदेखि चार सय मेगावाट विद्युत खेर गइरहेको बताएको छ ।

किन विद्युत् आपूर्ति नियमित छैन त ? प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको जवाफः

अहिले विभिन्न स्थानमा छिनछिनमा विद्युत् आपूर्ति अनियमित भइरहेको छ। प्राविधिक कारणले मात्रै बिजुली जाने गरेको छ। अरू केही कारण छैन।

अहिले विभिन्न स्थानमा विद्युत् लाइन विस्तारका लागि तार तान्ने काम भइरहेको छ। त्यस्तो स्थानमा हामीले सूचना जारी गरेर नै विद्युत् जाने बताएका छौं। हाम्रोमा सिंगल लाइनबाट विद्युत् वितरण भइरहेको छ। जसले गर्दा एक ठाउँमा समस्या आउँदा सबैतिर जाने समस्या आउँछ।

यदि विद्युत् वितरणका लागि दुई-तीन वटा लाइन हुन्थे भने एउटा लाइनमा समस्या आउँदा अर्को लाइनबाट वितरण हुन्थ्यो। त्यस्तो व्यवस्था भएको छैन। विद्युत् उत्पादन गृहदेखि सब-स्टेशनसम्म र एक सब-स्टेशनबाट अर्को सब-स्टेशनसम्म पनि सिंगल लाइनबाट विद्युत् प्रसारण भइरहेको छ। जसले गर्दा एक ठाउँमा बिग्रने बितिक्कै सबैतिर समस्या आउछ।

अर्को, विद्युत् पोलका कारणले पनि केही ठाउँमा समस्या हुने गरेको छ। बर्खाको समयमा पोल ढल्ने जस्ता कारणले पनि बिजुली जाने गरेको हो। यसको समाधानका लागि काम गरिरहेका छौं। एउटा सब-स्टेशनबाट लाइन गयो भने अर्को सब(स्टेशनबाट विद्युत् नियमित गराउने हिसाबले भूमिगत तार विस्तारको भइरहेको छ। पुराना पोलको ठाउँमा नयाँ पोल राखिरहेका छौं। न्युज भण्डार बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय