शुक्रबार , चैत्र १६, २०८०

नेकपा एमालेका सांसद एवं पूर्वमन्त्री गोकुल बास्कोटाले सरकारले कालोधनलाई सेतो बनाउन बजेटमै नीतिगत भ्रष्टाचा’रको व्यवस्था गरेको आ’रोप लगाएका छन् ।

सोमबार काभ्रेको पार्टी कार्यालयमा आयोजित वागमती प्रदेशका मन्त्री चन्द्र लामालाई सम्मान कार्यक्रममा बोल्दै दुई महिनाको समयमा सरकार नीतिगत भ्रष्टा’चारमा चुर्लुम्म डु’बेको भन्दै संस्थागत भ्रष्टा’चारको सुरुवात गरेको उनले आरो’प लगाए ।

उनले भने, ‘बजेटमै २०८० को चैतसम्म कसैले लगानी गर्यो भने लु’टेर भए पनि लिएर आए रहेछ भने पनि लगानी गर्न पाउने भनेर अ’वैध का’लो धनलाई सेतो धन बनाउने गरी नीतिगत भ्रष्टा’चारको भ’यंकर सुरुवात गरिएको छ ।

नेपालमा विदेशी पैसाको अ’वैध कारोबार गर्न संस्थागत नीति नै बनाएको प्रति आप’त्ति जनाएका छन् । उनले भने, ‘वाह ! अग्रगामी सरकार भ्रष्टा’चारको संस्थागत यो दुई महिनामा गर्यो । बधाई छ । त्यहीँबाट थाहा हुन्छ हिजोको बैं’क लु’टेको पैसा कहाँ छ ? हिजो जे जे अप’राध गरेका छन्, राज्य लु’टेर, कर न’तिरेर, ठूलठूला मान्छेहरुले क’र तिरेका छैनन् । हामीलाई कुनै चि’न्ता छैन ।’

सभामुख अग्नि सापकोटाले भ’यंकर पक्ष’पातीपूर्ण व्यवहार गरेकोमा उनले ख’बरदारी पनि गरे ।यसैगरी माधव नेपालको नेकपा एकीकृत समाजवादी पार्टी स्थानीय तहमा पुग्दा ९ दशमलब ४, कार्यकर्ता तहमा ५ प्रतिशत र जनताको तहमा पुग्दा १ प्रतिशतमा सीमित हुने दावी पनि उनले गरे । साभार गरियको खबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय