बिहिबार , चैत्र १५, २०८०

विभिन्न पार्टी परित्याग गरी नुवाकोटका ३० युवा नेकपा एमाले प्रवेश गरेका छन् ।

नेकपा एमाले नुवाकोटका नेता देवेन्द्र भण्डारीको पहलमा ती युवा एमाले गरेका हुन् ।

नवप्रवेशी युवालाई नुवाकोट एमाले अध्यक्ष एवम् वागमती प्रदेशका कृषि तथा सहकारी राज्यमन्त्री बद्री मैनालीले स्वागत गरेका छन् ।

पार्टी प्रवेश कार्यक्रममा एमाले नुवाकोटका सचिव काशी अधिकारी, एमाले नुवाकोटका नेताहरु नारायण घिमिरे, दिपक कार्की,
रामनाथ खनाल, युवा संघ नेपालका केन्द्रीय सदस्य तथा एमाले नुवाकोटका युवानेता सुरेश भण्डारीलगायतको उपस्थिति थियो ।

कार्यक्रममा बोल्दै राज्यमन्त्री मैनालीले युवाहरुलाई एमालेले उचित स्थान दिने तथा युवाको उर्जालाई सही ठाउँमा सदुपायोग गर्ने बताए ।
कांग्रेस नेता प्रकाश लामा एमाले प्रवेश – ककनीका एक जना युवाले कांग्रेस परित्याग गरेका छन । उनले कांग्रेस परित्याग गरेको
घोषणा गरे लगत्तै नेकपा एमालेको सदस्य लिएका छन ।

नेकपा एमाले नुवाकोट अध्यक्ष एवं बागमती प्रदेशका भूमि ब्यवस्थ,कृषि तथा सहकारी राज्यमन्त्री बद्री मैनालीले लामालाई एमालेमा
स्वागतगरे । उनले एमालेमा उचित जिम्मेवारी दिइने बताएका छन । उनले आफूमा पनि नेतृत्व विकास गराउन प्रगतिशिल युवाहरूको
सक्रियतारहेको एमाले आफूलाइ ठीक लागेको बताए । नुवाकोट एक्सप्रेसबाट साभार गरियको खबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय