बुधबार , बैसाख १२, २०८१

गण्डकी प्रदेश सभाका एक मात्र स्वतन्त्र सांसद दीपक मनाङे बैशाख १६ गते पहिलो पटक युवा तथा खेलकुदमन्त्री नियुक्त भए।

उनी पहिलो पटक मन्त्री बनेको १० दिनमै तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिए, मनाङे मन्त्री रहेनन्।

तत्कालीन प्रदेश प्रमुख सीताकुमारी पौडेलले ठूलो दल नेताको हैसियतले फेरि मुख्यमन्त्रीमा एमाले नेता गुरुङलाई नै मुख्यमन्त्री
नियुक्त गरे। स्वतन्त्र सांसद मनाङे जेठ ९ गते दोस्रो पटक युवा तथा खेलकुदमन्त्री नियुक्त भए। गण्डकी प्रदेश सभामा तत्कालीन
सत्तापक्ष र विपक्षी दुबैको बहुमत नपुग्ने अवस्था आयो, प्रदेश सभा विघटनको बाटोमा गएपछि मनाङेले ‘क्याम्प’ परिवर्तन गरे।

जेठ अन्तिम साता तत्कालीन सरकारमा सहभागी भएर पनि मनाङे विपक्षी गठबन्धनमा लागे। तत्कालीन मुख्यमन्त्री गुरुङले उनलाई
मन्त्रीबाट बर्खास्त गरे भने मनाङेले पनि तत्काल राजीनामा पत्र सार्वजनिक गरे। मनाङेको साथले विपक्षी गठबन्धनमा बहुमत पुग्यो।
उनी तेस्रो पटक जेठ २९ गते विनाविभागीय मन्त्री नियुक्त भए।

कांग्रेस नेतृत्वको गठबन्धनबाट युवा तथा खेलकुद मन्त्रीको रुपमा तेस्रो पटक कार्यभार सम्हालेका मनाङेले अब सत्ता गठबन्धनमा
समस्या नआउने बताएका छन्। उनको यो भनाइले डेढ महिनामा तीन पटक मन्त्री नियुक्त भएका मनाङेको तेस्रो कार्यकाल भने
पहिलो र दोस्रो जस्तो अस्थिर नहुने संकेत देखाएको छ।

गण्डकी सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलदेखि मन्त्रीहरुले भ्रष्टाचार निवारण ऐन अनुसार सार्वजनिक पद धारण गरेको
६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक नगरेको टिप्पणी भएपछि मन्त्रिपरिषद सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक भयो।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको वेबसाइटमा सार्वजनिक विवरणमा युवा तथा खेलकुद मन्त्री मनाङे र कृषिमन्त्री चन्द्रबहादुर
बुढाको सम्पत्ति भने सार्वजनिक भएन।

मन्त्रीका रुपमा मनाङेले पहिलो पटक आइतबार मन्त्रालयमै पत्रकार सम्मेलन आयोजना गरे। मन्त्रालयले तयार पारेको प्रेस
विज्ञप्ति प्रदेश खेलकुद परिषदका उपाध्यक्ष ध्वजकुमार गुरुङलाई पढ्न लगाए। त्यसपछि पत्रकारहरुसँग मनाङेले सवाल–जवाफ गरे।

पत्रकार सम्मेलनको अन्त्यतिर मनाङेलाई सोधियो, सम्पत्ति विवरण किन सार्वजनिक नगर्नुभएको हो? जवाफमा मनाङेले
आफ्नो सम्पत्ति विवरण के कति छ, कि छैन आफैंलाई थाहा नभएको बताए।

‘म आफैं कन्फ्युज छु, के छ के छैन’ मनाङेले भने, ‘पहिलो श्रीमतीलाई दिए, छोराको नाममा पास गरिदिएको छु,
अहिले के छ के छैन मलाई नै थाहा छैन।’ सम्पत्तिका बारेमा मन्त्री मनाङे यतिमै रोकिएनन्। उनले आफूसँग भएको
सम्पत्ति केटाहरूलाई दिएको र उठ्नै बाँकी रहेको दाबी गरे।

‘पहिला विजनेश गर्दाको पैसा छ तर आएको छैन,’ उनले भने, ‘रामेले २० लाख, श्यामेले २ करोड लगेको छ भने लेख्ने कुरा
भएन, अहिले त मसँग केही छैन।’ मनाङेले विगतमा मुद्दा लड्दा बैनास्वरुप दिएको रकम पनि ठगी भएको दाबी गरे। कसले
ठगी गरेको उनले खुलाएनन्।

नेपालमा ‘मनी लौन्ड्री’को मुद्दा समेत आफूलाई चलाइएको भन्दै उनले प्रहरीका हाकिमहरु अझै पनि आफ्नो विरोधी रहेको
दाबी गरे। ६० प्रतिशत प्रहरी असल भए पनि ४० प्रतिशत खराब भएको उनले बताए।

मनी लौन्ड्रीको मुद्दामा आफूले अदा लतमा वयान दिँदा त्यतिबेला अहिलेजस्तो रेमिट्यान्स कम्पनी नभएकाले हुण्डी गरेको बयान
दिएको बताए। ‘राजाको छोराले पनि हुण्डी गरेरै पढेको हो,’ मनाङले भने, ‘त्यतिबेला मुख्य न्याधीशले पनि हु ण्डी गरेर
विदेशमा छोरा पढाएको हो, मेरो मुद्दा अदालतले खारेज गरिदियो।’ सेतोपाटीबाट साभार गरियको खबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय