बिहिबार , बैसाख १३, २०८१

अहिले सत्तारुढ दल नेपाली कांग्रेस चौधौं महाधिवेशनको अन्तिम संघारमा छ ।

देशको राजनीति कठिन मोड रहेको अबस्थामा सरकारको नेतृत्व गरिरहेको कांग्रेसले आफ्नो महाधिवेशन पनि गर्नुपर्नेछ ।

उता कृयाशिल सदस्य बि’बादले धर्ना र आमरण अनसनसम्मको अवस्था शृजना गरेको छ भने विधि र प्रक्रिया नाघेर जथाभावी
बितरण गरिएका कृयाशिल सदस्यताले पार्टी संरचना कब्जा गर्ने गलत मनसाय रहेको आरोप कांग्रेसभित्र चलिरहेको छ ।

राष्ट्रिय राजनीतिको बागडोर आफ्नो काँधमा लिएर अगाडी बढ्ने बाध्यात्मक अबस्थामा पुगेको उसको लागि अबको निर्वाचन ठुलो
अवसर समेत बन्न सक्छ । गत निर्वाचनबाट फराकिलो बहुमत सहित निर्वाचित भएको नेकपा अन्तरकलह र जनबि’रोधी अ’लोक
तान्त्रिक गतिविधिको कारण ख’रानी बनेपछि कांग्रेसले बि’पक्षी गठब’न्धनको नेतृत्व गरि सरकारको समेत नेतृत्व गर्नु पर्ने विशेष
परिस्थिति निर्माण भएको थियो ।

भई हाल कांग्रेस नेतृत्वको सरकार गठन भई बिश्वासको मत समेत प्राप्त भईसकेको छ । नेपाली राजनीतिको मियो र मुल अभिभा
वकको रुपमा रहेको कांग्रेस आफ्नो चौधौं महाधिवेशनको प्रारम्भिक तयारीका क्रममा रहेको छ । यसै बिषयमा रहेर कांग्रेसका
प्रभावशाली नेता एबं पुर्व अर्थमन्त्री डाक्टर रामशरण महतसँग न्युज बिहानीले गरेको संवाद प्रस्तुत गरिएको छ ।

कांग्रेसको महाधिवेशन नजिक छ । देशको राजनीति जटिल मोडमा रहेको अबस्थामा कांग्रेसले सन्तुलन कायम गरेर सरकार
संचालन गर्न सक्छ ?

यो सरकारको नेतृत्व कांग्रेसको तर्फबाट सभापति शेर बहादुर देउवाले गर्नुभएको भएपनि यस सरकारलाई पाँच दलको समर्थन रहेको छ ।
प्रधानमन्त्रीले पाउनुभएको समर्थन हेर्दा पनि यो सरकारले जुन बिश्वास र भरोसा पाएको छ त्यो अनुसार काम अबस्य गर्नेछ ।
माओबादी,कांग्रेस, जनता समाजबादीको पुरै पार्टी र माधब नेपाल समुह मात्र नभई ओली समुहमा रहेका सांसदले समेत
विश्वासको मत दिनुभएको छ । सबै दलसंग समन्वय गरेर कांग्रेसले सरकार संचालन गर्छ ।

कम्युनिष्टको सरकार आए अधिनायकवाद आउँछ भन्ने तर्क कांग्रेसको थियो । केपी ओलीको प्रबृतिले पनि त्यसमा थप
मलजल पुर्यायो । कांग्रेसले सफलतापुर्वक निर्वाचन सम्पन्न गर्न सक्छ ?

ओलीको प्रबृति त्यस्तै नै देखिएको छ । उनले सविधान भन्दा आफुलाई माथि राखेर जहिले पनि काम गरे । उनले सविंधानलाई
जहिले पनि कुल्चेर हिड्ने काम गरे । यहि प्रबृतिका कारण उनीहरुको पार्टीभित्र भएको शक्तिसंघर्षले पार्टी नै बि’भाजन हुन पुग्यो ।

उनले जहिले पनि आफ्नो कमीकमजोरी सच्याएर अघि बढ्नुभन्दा घम’ण्ड र अ’हं’कार लिएर अघि बढ्न खोजे र जसले गर्दा दुई
तिहाइ नजिकको पार्टी बि’भाजन भइ सत्ताबाट समेत बाहि’रिन पुग्यो ।

कांग्रेसले २०७४ को निर्वाचन पनि सभापति कै कार्यकालमा सफलतापुर्वक संम्पन्न गरेको थियो । ठुलो दुई पार्टी मिल्दा समेत कांग्रेसले
कुनै बहाना बनाएर निर्वाचन टार्न खोजेन र उसले सविधानको पूर्ण पालना गरेर आफु पराजित हुने निर्वाचन पनि सम्पन्न गरेको थियो ।
कांग्रेस लोकतन्त्र मान्ने पार्टी हो यो देश र जनताको बि’रुद्द कहिले जादैन र तिनै तहको निर्वाचन सफलता साथ सम्पन्न गर्नेछ ।

अबको महाधिवेशनमा तपाइको दावी रहन्छ कि रहदैन ?

मेरो दावी पनि छ । धेरै साथीहरुले तपाई जति योग्य र सक्षम व्यक्तिले पार्टीको नेतृत्व गर्नुपर्छ भनिरहनुभएको छ । साथीहरु तपाई नै हो
नेतृत्व गर्नसक्ने उपयुक्त पात्र भनिरहेका छन् । तर को व्यक्ति सभापति लड्ने हो त्यो भने नोमिनेसनमा मात्र थाहा हुन्छ । सभापतिमा मेरो
पनि दावी छ र म पनि सम्भावित उमेद्वार हो । पार्टीलाई पनि एकताबद्द गरेर लानुपर्ने हुँदा धेरै शक्तिसंघर्ष गरेर जानुपर्ने अवस्था छैन ।
सहमतिमा नै जो भएपनि एक जना उमेद्वार बन्ने छन् ।

नेपालको सन्दर्भमा तपाई अर्थमन्त्रि हुँदा बि.स.२०५४ सालमा भ्याटको व्यवस्था गरियो । भारतमा पनि टि’आईटि छ । नेपालमा भ्याटको
व्यवस्था हटाउनुपर्ने केहि पक्षहरुको तर्क छ र बहस पनि चलाइरहेका छन् । भ्याट हटाउदा देशलाई कस्तो प्रवाभ पर्छ ?

जसलाई भ्याटको बारेमा राम्रो जानकारी नै छैन वा ज्ञान नै छैन उनीहरु भ्याट हटाउनुपर्छ भनिरहेका छन् । भ्याट भनेको संसारमा बैज्ञानिक
र आधुनिक वितिय प्रणाली हो । वि’श्वको बिभिन्न देशहरुमा यो प्रणाली छ । नेपालमा हामीले लगाएपछि भारतले पनि लगायो भने बंगलादेश
र पाकिस्तानले पनि पछि लगायो र अरु मुलुकहरुले पनि लगाएका छन् । मुलुकको राजश्वको ठुलो हिस्सा पनि भ्याटको रहेको छ । झन्डै
एक तिहाइ राजश्वको रकम समेत भ्याट बाट नै आउने गर्दछ । भ्याटले गर्दा नै आयकर तथ्यमा आधारित भएको छ ।

भ्याटले गर्दा नै चु’हावट निय’न्त्रण भएको छ भने तथ्यमा आधारित भएर काम हुन्छ । बि.स.२०४८ सालमा कांग्रेसले पहिलो सरकार
बनाउदा देशभर गरि करिव १२ अर्बको राजश्व हुन्थ्यो भने ३० बर्षको आजको अबस्थामा आउँदा करिव १२ खर्बको राजश्व हुन्छ त्यो सबै
हामीले राजश्वको लागि जुन-जुन नीति अपनायौ त्यसैको परिणाम हो । आयकरमा गरिएको सुधार,भ्याटको व्यवस्था लगाएत कारणले
आज राजश्व दिनप्रतिदिन बढिरहेको छ । अहिले जीडीपीमा करिव २५-३० प्रतिशत योगदान भ्याटको छ ।

नेपालमा ब्या’पार घाटा बढ्दो छ । ब्यापार सन्तुलन कायम राख्न नेपालले कस्तो नीति अबलम्बन गर्नु उपयुक्त हुन्छ ।

ब्यापार घाटा कम गर्ने हो भने लगानी बढाउनुपर्छ । बिशेष गरि औद्योगिक क्षेत्रमा लगानी गर्नुपर्छ । नेपालमा जति पनि बिकासको
सम्भावना भएका क्षेत्रहरु छन् तिनीहरुको भरपुर उपयोग गर्नुपर्छ । जलश्रोत,कृषि,पर्यटनलगायत हाम्रो कयौ सम्पदाहरु छन् जसलाई
राम्ररी उपयोग गर्न सकिएको छैन । नयाँ प्रबिधि भित्र्याएर अहिलेको व्यवस्था सुधार गरेर आधुनि’कीकरण गर्नु आबस्यक छ । नेपालले
आफ्ना उत्पादन बढाएर निर्यात गर्ने र आयात पनि प्रतिस्थापन गर्नुपर्छ ।

नेपालले कृषि सामाग्री समेत २-३ खर्बको आयात गर्छ जुन उत्पादन नेपालमा नै गर्न सकिन्छ । क’मर्सियललाइजेशन पनि गर्ने
ड्राइभरलाइ जेशन पनि गर्ने र उच्च मुल्यको बस्तु उत्पादन गर्ने र निर्यात गर्ने, बिद्युत उत्पादन बिदेशमा निर्यात गर्ने र अन्य क्षेत्रमा
पनि बिकास गर्नु आबस्यक छ । अझ पनि हामी भारतबाट बिद्युत खरिद गरिरहेका छौ अब आयात होइन निर्यात गर्नुपर्छ ।

देशमा बेरोजगार समस्या बिकराल छ । तपाई अर्थमन्त्री हुँदा पनि यो समस्या समाधान गर्न खासै सक्नुभएन नी ? समाधानको लागि
के गर्न सकिन्छ ।

म अर्थमन्त्री हुँदा धेरै रोजगारको अवसर खुलेको छ । मेरो पालामा रोजगारको नयाँ-नयाँ अबसरको शृजना भएको छ । बिदेशीहरु
करिव १५-२० लाख त नेपालमा रोजगार गरिरहेका छन् । हामी आफ्नो देशमा काम गर्न लाज मान्छौ तर बिदेशमा जे काम गर्न पनि
तयार हुन्छौ जुन गल’त छ । नेपालमा अहिले बेरोजगारको संख्या एकदमै कम छ । नेपालमा रोजगारको शृजना नभएको भने होइन र
थप बृद्दि गर्न पनि आबस्यक छ ।

हाम्रो कार्यशैली बदल्न आबस्यक छ । निर्माणको क्षेत्रमा लाखौ बिदेशी नेपालमा काम गरिरहेका छन जुन काम नेपालीले नै गर्नसक्छ ।
नेपालबाट धेरै पैसा यो क्षेत्रबाट बाहिर गइरहेको छ । कृषि क्षेत्रलाई आधुनिकीकरण गरि व्यवसायीकरण गर्न आबस्यक छ । नयाँ
उद्योगहरुमा लगानी गर्नुपर्यो । सिपको बृद्दि गर्न उचित तालिमको व्यवस्था गर्नु पनि आबस्यक छ । प्रविधिको उच्चतम प्रयोग गर्नको
लागि उचित तालिम आबस्यक छ ।

नेपालले २ पटक लगानी सम्मेलन गर्यो तर लगानी भित्रन सकेन । यसमा कुटनीतिक पहल नपुगेको हो ।

नेपालमा लगानी भित्रन नसक्नुको कारण भनेकै राजनीतिक अस्थि’रता हो । भूक’म्पपछि र केहि बर्ष पहिले लगानी सम्मेलन भएको
भएपनि लगानी भित्रन नेपालको राजनीतिक अस्थिरता बाधक बन्यो भने पछिल्लो समय कोरोनाको कारण पनि लगानी भित्रन सकेन
।लगानी भित्रन राजनीतिक स्थिरतासंगै लगानी सुरक्षितको ग्यारे’न्टी समेत हुन् आबस्यक छ ।

नेपालमा पछिल्लो समय एमसिसि बिबादमा छ । एम’सीसी पास गर्नुपर्ने कारण के छ ?

देशको आर्थिक बिकासको लागि एमसीसी एकदम आबस्यक छ । नेपालको चाहना र नेपालकै आग्रहमा एमसीसी सहयोगमा नेपाल
छनौट भएको हो । बिशुद्द आर्थिक बिकासको लागि हो यो । जुन मुलुकमा मानब अधिकारको व्यवस्था गरिएको छ जुन मुलुकमा
उदार अर्थ व्यवस्था छ, मानबिय बिकासको लागि सरकारको सार्वजनिक खर्च बढेको अवस्था छ, लोकतान्त्रिक पद्दती भएको मुलु
कमा अमेरिकाले यो सहयोग दिने गरेको छ।

यसको मुख्य उद्देश्य भनेको पहिला सन् २००० सालमा संयुक्त राष्ट्रसंघको गरिवी निवारण गर्ने , स्वास्थ्यमा सुधार गर्ने लगाएतका उदेश्य
पुरा गर्न अन्तर्राष्ट्रिय धनि देशलाई सहयोग गर्न आग्रह गरेपछि अमेरिकाले एमसीसी ल्याएको हो । युएनको मिलिनियम डेप्लोमेन्ट गोल्डको
उदेश्य पुरा गर्न एमसीसी आएको हो । अमेरिकाले सहयोग मागेका करिव एक सय देश मध्ये ५० मुलुकलाई सहयोग गरेको छ । तर
नेपालमा एमसीसीबारे गलत अर्थ लगाएर भ्रम शृजना गरिएको छ ।

अमेरिकाको सहयोग लियो भने सैन्य सम्झौता हुन्छ र अमेरिकी सेना नेपाल आउँछ भनेर हल्ला गरिएको छ । यो सरासर झुट र गलत
अफवाह फैलाइएको हो । सत्तामा बसेको तद्कालिन नेकपा एमसिसिमा विभाजित हुँदा यो संसदबाट पास हुन सकेन । बिगतमा एम’सीसी
बापत सहयोग प्राप्त गर्न माओबादी, एमाले र कांग्रेसबाट नेतृत्व गर्ने सबै सरकार यसमा संलग्न रहेका छन् भने अन्तमा कांग्रेसको
सरकारले हस्ताक्षर गरेको मात्र हो। एमसीसीमा संसदबाट पास हुनुपर्ने प्रा’वधान रहेको छ त्यो हुनुको कारण पछि कुनै समस्या न’आओस भनेर हो ।

संसदबाट छिट्टै नै एमसीसी पास गर्नुपर्छ । नेकपाभित्र देखिएको बिबादका कारण एमसीसी अगाडी बढ्न सकेन, त्यो देशको लागि दुर्भाग्य
हो । छिटोभन्दा छिटो एमसीसी पास गरेर जलश्रोतको बिकासमा सहयोग गर्न आएको सहयोगको सदुपयोग गर्नुपर्छ । करिव ६० अर्व रकम
जलबिद्युत प्रसारण लाइन र सडक बिस्तारमा सहयोगको लागि आएको छ । नेपाल सरकारले अध्ययन गरेर छानेको योजना अगाडी
बढाउन एमसीसी पास गर्नु अनिबार्य छ र संसदले अनुमोदन गर्नुपर्छ।

नेपालको ऋणभार बढ्दो छ । दीर्घकालीन बिकासको नीति खासै कुनै पनि सरकारको प्राथमिकतामा परेको देखिंदैन, अब कांग्रेसले
कस्तो नीति अपनाउन सक्छ ?

हामीले आफ्नो क्षमता हेरेर काम गर्नुपर्छ । हाम्रो बजेट काम भन्दा प्रचारमुखी ज्यादा हुने गरेको छ । कुरा ठुलो गर्ने , लक्ष्य ठुलो
राख्ने,बजेटको आकार ठुलो बनाउने तर कार्यान्वयन गर्न सक्ने क्षमता भने नहुने समस्या छ । देशमा सुशासन र सुशाशकको अभाब
छ । दीर्घकालीन बिकास हुन आबस्यक छ , देशको ऋण मात्र बढाएर हुँदैन ।

क्षणिक लाभ र स्वार्थको लागि नभएर देशको दिगो बिकासको लागि काम गर्नु आबस्यक छ । देशको पूर्वाधार विकास,जलबिद्युत,
कृषि,पर्यटन,औद्योगिक लगायत आयआर्जनको श्रोत बढाउने र गरिवी नियन्त्रण गर्ने काम गर्नुपर्छ । राष्ट्रमा भएको श्रोत र साधनको
पूर्ण प्रयोग गर्नुपर्छ । नीति नियम क्षणिक लाभको लागि पैसा बाड्न नभएर दिगो बिकासको लागि बनाउनुपर्छ ।

अन्तमा , कांग्रेसको भावी नेतृत्वमा तपाइलाई देख्न सकिन्छ ?
नेतृत्वमा मै हुनुपर्छ भन्ने पनि छैन, तर धेरै साथीहरुले तपाई जति योग्य र सक्षम व्यक्तिले पार्टीको नेतृत्व गर्नुपर्छ भनिरहनुभएको छ ।
आबस्यकता हेरेर निर्णय गर्ने हो तर मलाइ पदको कुनै लोभ छैन । जसको पक्षमा जनमत हुन्छ उ नै नेतृत्वमा पुग्नुपर्छ ।

सिनियारिटिको आधारमा मेरो दावी स्वत रहन्छ । मैले बि.स.२०२१ सालदेखि राजनीतिक यात्रा सुरु गरेको हो । सरकारमा रहेर पनि
धेरै पटक काम गरेको छु , धेरै राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्मान पनि पाएको छु । साथीहरु तपाई नै हो नेतृत्व गर्नसक्ने उपयुक्त पात्र
भनिरहेका छन् । पार्टीलाई पनि एकताबद्द गरेर लानुपर्ने हुँदा धेरै शक्तिसंघर्ष गरेर जानुपर्ने अवस्था छैन । सहमतिमा नै जो भएपनि
एक जना उमेद्वार बन्ने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय