शुक्रबार , बैसाख ७, २०८१

पुरा खबर,

पूर्वप्रधानमन्त्री झलनाथ खनालको दिल्लीस्थित इन्द्रप्रस्थ एपोलो अस्पतालमा उपचार गराउँदा ८१ लाख रुपैयाँ खर्च भएको छ ।

सरकारले उपचारमा लाग्ने सम्पूर्ण खर्च राज्यकोषबाट व्यहोर्ने निर्णय गरेको छ । मृगौ’ला प्र’त्यारोपण गराउने क्रममा
खनाल अस्पतालमा ७६ दिन बसेका थिए ।

एपोलो अस्पतालले ५० लाख ८८ हजार ६ सय २४ भारतीय रुपैयाँ (नेपाली ८१ लाख ४१ हजार ७ सय ९८ रुपैयाँ) को
बिल दिल्लीस्थित नेपाली दूतावासलाई दिएको छ ।

बिलमा कोठा शुल्क, चिकित्सक परामर्श, शल्य’क्रिया शुल्क, प्याकेज रकम, औषधिलगायत २० प्रकारका शीर्षकमा खर्च उल्लेख छ ।

असार २ (१६ जुन) मा भर्ना भएका खनाल भदौ १४ (३० अगस्ट) मा डिस्चार्ज भएका थिए । दूतावासले अस्पतालबाट प्राप्त बिल,
भुक्तानी गरिएको र बाँकी रकमबारे परराष्ट्र मन्त्रालयलाई जानकारी गराएको छ ।

स्रोतका अनुसार दूतावासले भारु ४५ लाख ७९ हजार ८ सय १८ रुपैयाँ अस्पताललाई भुक्तानी गरिसकेको छ । भारु ५ लाख ८८ हजार
६ रुपैयाँ भुक्तानी गर्न बाँकी छ । त्यो रकम परराष्ट्र मन्त्रालयसँग माग गरिएको छ । दूतावासले अस्पताललाई पत्र लेखेर बक्यौता तिर्ने
जिम्मेवारी लिएर खनाललाई डिस्चार्ज गराएको थियो ।

खनालको उपचारका लागि परराष्ट्रले एक पटक नेपाली ५० लाख रुपैयाँ दूतावासलाई पठाएको छ । अरू रकम दूतावासले आफ्नै
स्रोतबाट तिरेर सोधभर्ना माग गरेको छ । ‘केही रकम बाँकी हुन सक्छ, काठमाडौंबाट माग गरिएको छ, आएपछि अस्पता’ललाई
भुक्तानी गरिनेछ,’ दिल्लीस्थित नेपाली राजदूत नीलाम्बर आचार्यले भने ।

केपी शर्मा ओली नेतृत्वको सरकारले खनालको उपचार खर्च राज्यकोषबाट बेहोर्ने निर्णय गरेको थियो । पछि शेरबहादुर देउवा नेतृत्वको
सरकारले त्यसलाई कार्यान्वयन गरेको हो । ऐन, नियमविप’रीत खनालको उप’चार खर्च राज्यकोषबाट बेहोरिएकामा चौतर्फी आलोचना
समेत भएको छ । यस विषयमा सर्वोच्च अदाल’तमा मु’द्दा नै परेको छ । अस्प तालले खनाल बसेको कोठाकै शुल्क नेपाली २१ लाख
६८ हजार ४ सय ८० रुपैयाँ (भारु १३ लाख ५५ हजार ३ सय) लिएको छ ।

त्यसअनुसार कोठाको शुल्क प्रतिदिन २८ हजार ५ सय ३२ रुपैयाँ पर्छ । खनाल अस्पतालको टी ३, भवनको तेस्रो तल्लामा रहेको
४३४२ नम्बरको सुइट रुममा ७६ दिन बसेका थिए । ठूलो बैठक कोठासहितको उक्त कोठा सुविधा सम्पन्न मानिन्छ । उनको उप
चारमा डा. सन्दीप गुलेरियासहितको टिम संलग्न थियो । अस्पतालले चिकित्सकको परामर्श शुल्क मात्रै नेपाली १० लाख रुपैयाँ हारा
हारी लिएको छ । मृ गौला प्रत्या रोपणका लागि प्याकेज चार्ज भनेर नेपाली १० लाख ६७ हजार शुल्क तोकिएको छ । अ स्पतालको
फार्मेसीका नाममा नेपाली ११ लाख रुपैयाँभन्दा बढीको बिल छ ।

अस्पतालबाट डि र्ज हुने बेला खनालले कान्तिपुरसँग उपचारका लागि आफूसँग स्रोत नरहेको र सरकारले उप चार नगराइदिएको
भए आफू बाँच्न मु स्किल हुने प्रतिक्रिया दिएका थिए । ‘मेरो उपचा रमा सरकारले खर्च गरेको विषयको वि रोध गर्नु भनेको झलनाथ
खनालले जुन महिनामै मर्नु पर्छ भन्या हो । म कहाँबाट ल्याएर तिरुँ । म जा गिरदार पनि होइन, व्यापारी पनि होइन, उद्योगपति
होइन,’ उनको भनाइ थियो । यो खबर कान्तिपुरमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय