शनिबार , बैसाख ८, २०८१

भोजपुरका ३८ वर्षीय जबर राई रोजगारीका लागि मलेसिया पुगेको १२ वर्ष भएको थियो।

यही भदौ १२ गते उनको मृ’त्युको खबर आयो। उनका आफन्तका अनुसार भदौ ११ गते उनको सडक दु’र्घटनामा परेर मृ’त्यु भएको हो।

‘दिउँसोतिर फोन आएको थियो।

दुर्घ’टनामा परेर जबरको मृ’त्यु भयो भनेर बाबुका साथीहरूले सुनाएका थिए,’ ला’स बुझ्न शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेकी जबरकी भाउजु
उत्तरकुमारी राईले सुनाइन्। ‘त्योभन्दा अगाडिसम्म कुराकानी भइरहेकै थियो। केही भएको थिएन। लेखेको त्यति रैछ,’ जबरका दाइ नयन राईले भा’वुक हुँदै भने।

बुटवलकी राधा ज्ञवाली आफ्ना श्रीमानको अस्तु अँगालोमा च्या’पेर विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल अगाडि आँसु पुछ्दै हिँडिरहेकी थिइन्। रोजगारीका लागि
मलेसिया पुगेका उनका श्रीमान गणेश ज्ञवालीको को’भिड–१९ सं’क्रम’णका कारण ज्या’न गएको हो। उनी विगत आठ वर्षदेखि मलेसियामा कार्यरत थिए।
‘छिट्टै फर्कन्छु भन्नुहुन्थ्यो। यस्तो भएर फर्कनु भयो,’ अस्तुको कार्टुन सुम्सुम्याउँदै उनले भनिन्। यतिकैमा उनको गला अवरू’द्ध भयो। अर्कोतिर फर्किएर उनी रुन थालिन्।

धनकुटाका शिवकुमार तामाङ पनि शनिबार बाक’समा फर्किए। प्लाष्टिक कम्पनीमा मजदुरी गर्दै आएका उनको हृद’यघा’तका कारण मृ’त्यु भएको हो।
‘मसँग त कुरा भएको थिएन। घरमा कुरा हुँदा जिउ भारी भएको छ। रिँ’गाटा चलेको छ भन्थ्यो रे,’ शिवकुमारका दाइ कृष्ण तामाङले सुनाए।

शनिबार (आज) रोजगारीका लागि मलेसिया गएर विभिन्न कारणले ज्या’न गुमाएका १७ जना नेपाली युवाहरूको ला’स तथा अस्तु आइपुगेको छ। नेपाल
एयरलाइन्सको आरए ४१६०५–०७३५ उडानबाट ला’स तथा अ’स्तु ल्याइएको हो। जसमा छ जनाको लास आएको छ भने ११ जनाको अ’स्तु ल्याइएको छ।

उद्धवबहादुर बस्नेत, राकेश कुमार यादव, गोपालसिंह बस्नेत, जबर बहादुर राई, शिवकुमार तामाङ, ओमप्रकाश पुनमगरको लास ल्याइएको हो भने गणेश
ज्ञवाली, टिकाराम भट्टराई, नरबहादुर कार्की, मेखबहादुर गुरुङ, रामबाबु पण्डित, राजेन्द्र लिम्बू, महेश्वर राय यादव, तुलबहादुर खङ्गाह, खुमबहादुर राना,
रामबहादुर धिमाल, ललित महरा गरी ११ जनाको अस्तु ल्याइएको हो। को’भिडका कारण विदेशमा ज्या’न गु’माउनेहरूको ‘ला’स सम्बन्धित मुलुकले नै
व्यवस्थापन गर्ने भएकाले उनीहरूको हकमा आफन्तहरूले अ’स्तु बुझ्दै आएका छन्।

मलेसिया नेपालीहरूका लागि आकर्षक रोजगारीको गन्तव्य मानिन्छ। हाल मलेसियामा करिब तीन लाख नेपालीहरू कार्यरत रहेको अनुमान छ। रोजगारीका
पुगेकाहरू ला’स बनेर फर्कनेहरूको संख्या पनि निकै ठूलो छ। वैदेशिक रोजगार बोर्डको तथ्यांक हेर्दा पनि मलेसियामा सबभन्दा धेरै नेपालीहरूले ज्या’न
गु’माउने गरेका छन्। बोर्डको एक दशक स्मारिकामा उल्लेख गरिएको तथ्यांक हेर्दा १० वर्षको अवधिमा मलेसियामा दुई हजार चार सय ९६ नेपालीले
ज्यान गुमा’एको देखिन्छ। पछिल्लो समय यो संख्या झन् बढ्दै गइरहेको छ।

गैरआवासीय नेपाली संघ मलेसियाका निवर्तमान अध्यक्ष हरिप्रसाद भट्टराईका अनुसार मलेसियामा को’भिडका कारण मात्रै एक सय बढी नेपालीहरूले ज्या’न
गुमाएका छन्। हा’र्टअ’ट्याक, दु’र्घटनालगायत विभिन्न कारणले नेपालीहरूले ज्या’न गुमा’उने गरेका छन्। कतिपय अवस्थामा मृ’त्युको कारण नै नखुल्ने
पाइएको छ। त्यस्तो अवस्थामा अज्ञा’त वा प्राकृतिक कारण देखाउने गरिएको छ। सेतोपाती बाट साभार । पेज लार्इक गर्दिनुहोला ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय