शनिबार , बैसाख ८, २०८१

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा राजनीतिमा प्रबेश गरेका छन् ।

२६ वर्षका पुगेका देउवाका छोरा जयवीरसिंह देउवाको नाम क्रियाशील सदस्य सूचीमा राखिएको छ ।

अहिलेसम्म गाउँमा नपुगेका जयवीरसिंहले बुबाको जन्मस्थान डडेल्धुराको गन्यापुरा गाउँपालिका–वडा नम्बर १ बाट क्रियाशील सदस्यता
लिएका हुन्। उनको नाम क्रियाशील सदस्यता सूचीको १६६ नम्बरमा रहेको छ । क्रियाशील सदस्यताका लागि उनको नाम वडाबाटै
सिफारिस भएर गएको बताइएको छ ।

बेलायतको युनिभर्सिटी अफ न्यूयोर्कबाट राजनीति शास्त्रमा एमए गरेका जयवीरसिंहले अब राजनीतिमा पाइला सारेका छन् । उनलाई
सातौं जिल्ला अधिवेसनबाट क्षेत्रीय प्रतिनिधि पठाउनेबारे पनि छलफल भइरहेको छ । उनी क्रियाशील सदस्य बनेसँगै राजनीतिमा
सक्रिय रुपमा आउने देखिएको छ । क्यानडा नेपालबाट साभार गरियको खबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय