एमसीसी उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन बु्रक्स काठमाडौं आइपुगेका छन् ।
नेपालको चारदिने भ्रमणका लागि उनीहरु काठमाडौं आईपुगेका हुन् ।
काठमाडौं आउनुअघि बुधबार उपाध्यक्ष सुमारले एमसीसीबारे नेपाली जनस्तरमा उठेको प्रश्नसहित सरकारले पठाएको पत्रको अमेरिकी दूतावासमार्फत जवाफ पठाएकी थिइन् ।
नेपाल आईपुगेका उपाध्यक्ष सुमार नक्सालस्थित मेरियट होटलमा बस्ने बताइएको छ । कतार एयरवेजमार्फत बिहीबार बिहान काठमाडौं
ओर्लिएका एमसीसी टोलीको बिरोध हुने कार्यक्रम भए पछि भ्रमणलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपालमा एमसी
सीको वि रोधसमेत भइरहेको र सुमारको भ्रमणमा विरोध प्रदर्शन हुनसक्ने आँकलन गर्दै स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको हो ।
उपाध्यक्ष सुमारको टोलीले सम्झौताका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र राजनीतिक दलका शीर्ष नेताहरूसँग वार्ता गर्ने कार्यतालिका
छ । नेपालको गरिबी घटाउन तथा दिगो सामाजिक-आर्थिक विकासका लागि चार वर्षअघि अमेरिकाको सरकारी निकाय एमसिसीबीच
सम्झोता भएपछि हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो ।
उपाध्यक्ष फतिमाको टोलीले आजैबाट राजनीतिक भेटघाट शुरु गर्ने कार्यक्रम रहेको बताइएको छ । उपाध्यक्ष फतिमाको पहिलो भेट प्रमुख
प्रतिपक्षी दलका नेता केपी ओलीसँग हुने बताइएको छ । प्रमुख प्रतिपक्षी दलका नेता ओली भेट्न उनी भक्तपुर बालकोटस्थित निवासमा
दिउँसो पुग्ने बताइएको छ । ओलीसँगको भेटपछि याक एण्ड यति होटलमा रहेको एमसीसी नेपालको कार्यालयमा पुग्ने कार्यक्रम रहेको छ ।
भोलि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टीका संघीय परिषद्का
अध्यक्ष डा. बाबुराम भट्टराई लगायतका नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीसँगको भेट भोली ४ बजे प्रधानमन्त्री
कार्यालय सिंहदरबारमा हुने बताइएको छ ।
सम्झौता अनुसार सडक सञ्जाल, विद्युत् प्रसारण लाइन निर्माणलगायत नेपालको भौतिक पूर्वाधार विकासका आयोजना कार्यान्वयनका
निम्ति अनुदानस्वरूप अमेरिकाबाट नेपाललाई ५० अर्ब सहयोग प्राप्त हुनेछ । मेरोलगानी बाट साभार गरियको