बिहिबार , बैसाख ६, २०८१

बलिउडमा खेलाडी कुमारको नामबाट परिचित अभिनेता अक्षय कुमारको ५४ वर्ष पुगेका छन् ।

९ सेप्टेम्बर १९६७ मा अमृतसरमा जन्मिएका अक्षयको वास्तविक नाम राजीव ओम भाटिया हो ।

दमदार अभिनयबाट बलिउडमा आफ्नो पहिचान बनाउन सफल उनका पछिल्ला समय हरेक फिल्मले राम्रो कमाउने गर्दछ ।
‘सौगन्ध’ बाट बलिउड डेब्यु गरेका अक्षयलाई फिल्म ‘खेलाडी’ले बलिउडमा उचाई दिलाएका थियो

त्यसपछि उनका ‘खिलाडीयोका खिलाडी’, ‘इन्टरनेशनल खिलाडी’, ‘खिलाडी ४२०’, ‘हेरा फेरी’, ‘अजनबी’, ‘रुस्तम’
‘गुड न्युज’लगायत थुप्रै फिल्म आएका छन् । स्टन्ट र एक्सनका कारणले समेत चर्चित अक्षय एक्सन फिल्मको अलवा कमेडी
फिल्म समेत अभिनय गर्दछन् । उनको कुल सम्पति २३६ मिलियन डलर रहेको छ ।

फोब्र्सको एक लिष्टमा अक्षय दुनियाँमा सबैभन्दा बढी कमाउने अभिनेताको सूचीमा चौथो स्थानमा अटाएका थिए । उनी फिल्म तथा
बिज्ञापनबाट करोडौ कमाउने गर्दछन् ।

अक्षयका साथ एक सी फेसिङ्ग घर रहेको छ । जसमा उनी परिवारका साथ बस्दछन् । यसको अलवा उनीसँग ४ फ्ल्याट रहेका छन् ।+
हरेक फ्ल्याटको मूल्य ४.५ करोड रुपैयाँ रहेको छ । अक्षयको गोवामा एक बिलासी विला पनि रहेको छ । जहाँ उनी परिवारसँग छुट्टी
मनाउन पुग्ने गर्दछन् ।

उनलाई गाडीको पनि शोख छ । उनका महँगा ब्राण्डको केही गाडी छन् । बाइकमा पनि रुचि राख्ने उनीसँग बाइक कलेक्सन समेत
रहेको छ । अक्षय एक प्राइभेट जेट विमानको पनि मालिक हुन् । जसको मूल्य २६० करोड (भारु) रहेको छ । अक्षयले यसको प्रयोग यात्राका लागि गर्ने गरेका छन् ।

थुप्रै सम्पत्तिका मालिक अक्षय स्वास्थ्य सबैभन्दा ठुलो धन मान्दछन् । त्यसैले पनि उनी रातीको पार्टीबाट आफुलाई सधै टाढा राख्दै
आएका छन् । योग र एक्सरसाइजबाट आफुलाई फिट राख्ने उनी फिटनेसको मामलामा लाखौ मानिसको प्रेरणा हुन् । रातोपाटीबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय