शुक्रबार , बैसाख ७, २०८१

नेकपा एकीकृत समाजवादीले सो पार्टी चर्चित युवा नेतृ राम कुमारी झाक्रीले राजेको पद अर्कैलाई सुम्पिएको छ ।

विश्वस्त स्रोतका अनुसार एस पार्टीका अध्यक्ष माधव कुमार नेपालको उक्त कदमको झाक्रीले विरोध गरेकी हुन् ।

पार्टीले तत्कालीन एमालेमा स्थायी कमिटी सदस्य बेदुराम भुसाललाई अन्तरिम महासचिवको जिम्मेवारी दिएको छ । उक्त पद
पाउने झाक्री आशावादी थिइन् । नेकपा एस गठनपछि पहिलोपटक जारी भएको अन्तरपार्टी निर्देशनमा दिइएको जिम्मेवारीमा
उल्लेख भएअनुसार हाल पाँचजनाको स्थायी कमिटी गठन गरिएको छ भने सचिवालय प्रमुखको जिम्मेवारी भुसालले पाएका छन् ।

पार्टीको विधानमा महासचिवले सचिवालय प्रमुखको हैसियतमा काम गर्ने उल्लेख छ । तर, राष्ट्रिय भेलाअघि पदाधिकारीले
पूर्णता नपाउने भएपछि हाललाई अन्तरिम सचिवालय र स्थायी कमिटी गठन गरिएको नेकपा ९एस०ले जनाएको छ ।

स्थायी कमिटीमा नेपाल वरिष्ठ नेता झलनाथ खनाल, मुकुन्द न्यौपाने, बेदुराम भुसाल र प्रमेश हमाल छन् । केन्द्रीय कमिटीलाई
पूर्णता दिएर पदाधिकारी चयन नभएसम्मका लागि गठन गरिएको अन्तरिम स्थायी कमिटी सदस्य भुसालले भने सचिवालय
संयोजकको जिम्मेवारी पाएका हुन् ।

सचिवालयका सदस्यहरुमा प्रमेश हमाल, राजेन्द्र पाण्डे, गंगालाल तुलाधर, विजय पौडेल, जयन्ती राई र जिवनराम श्रेष्ठ छन् ।

पार्टी विधानमा सचिवालयको प्रमुख महासचिव हुने व्यवस्था भएपनि हाल पदाधिकारी चयन भइसकेका छैनन् । सचिवालय
प्रमुखले सचिवालयमा रहेका सदस्यको परामर्शमा स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्छ । जुनेली डेली को खबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय