शुक्रबार , चैत्र १६, २०८०

राजनिती,

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेकै

अवस्थामा अमेरिकी सहयोग परियाेजनाकाे मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) पास नहुने बताउनुभएको छ ।

योङ कम्युनिस्ट लिग (वाईसीएल) को नयाँ कार्यसमितिलाई आज मङ्गलवार सम्बोधन गर्दै प्रचण्डले अमेरिकालाई एमसीसीबारे थप
प्रष्ट पार्न आग्रह गरिएको र सकारात्मक जवाफ नआएमा संसदबाट पास गर्न नसकिने बताउनुभयो । एमसीसीको विषय गाउँ–गाउँसम्म
पुगेको र आम नागरिकले उठाएका प्रश्नको समाधान गर्नुपर्ने प्रचण्डको भनाइ छ ।

‘अहिलेकै अवस्थामा संस’दबाट एमसीसी पास हुने कुरा सोच्न पनि सकिन्न, अमेरिकाले थप प्रष्ट
पारेपछि र संशोधन गरेपछि सोच्न सकिन्छ’, प्रचण्डले भन्नुभयो ।

नेकपा माओवादी केन्द्र राष्ट्रिय स्वा’धीनताप्रति पूर्ण प्रति’बद्ध रहेकाले बहुसङ्ख्यक नागरिकको इच्छा विपरीत
र शङ्का गरिरहेको विषय पास हुनुहुँदैन भन्नेमा अडिग रहेको प्रचण्डले बताउनुभयो ।

वाई’सीएलले संयोजकमा सुमन देवकोटा र सहसंयोजकमा सुवोध सिर्पालीलाई चयन गरेको छ । उज्यालो अनलार्इनबाट साभार गरियको खबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय