शनिबार , बैसाख ८, २०८१

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भूलचुकले आफ्नो कपाल फुले पनि आफू युवा नै रहेको बताएका छन् ।

सोमबार युवा संघद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा पार्टीमा प्रवेश गरेकाहरुलाई हौसला दिँदै आफ्नो कपाल भूलचुकले फुले पनि

आफू युवा नै रहेको बताए । उनले भने, ‘भुलचुकले कपाल फुल्यो त्यो बेग्लै कुरा हो तर, म आफूलाई युवा नै ठान्दछु । तपाईहरु
युवा संघबाट युथ फोर्समा प्रवेश गर्दै हुनुहुन्छ ।

तपाईले देशका लागि काम गर्ने अठोट राख्नुभएको छ । अब तपाईले झूठ कुरा बोल्नुपर्दैन, साँचो कुरा ढा’कछोप गर्नुपर्दैन । ’
एमालेप्रति जनताको अथाह विश्वास रहेको पनि उनले कार्यक्रममा सुनाएका छन् । उनका अनुसार एमाले सरकारमा रहनुमा अर्थ राख्दैन ।

‘एमाले सरकारमा हुनु र नहुनुमा फरक देशलाई पर्छ । विकासमा पर्छ, राष्ट्रियतामा पर्छ तर, जनताको एमालेप्रतिको विश्वासमा फरक
पार्दैन । आफ्ना देशभक्ती नीति र अडानका कारण । आज हजारौँ साथीहरु युवा संघ (नेकपा एमाले) मा प्रवेश गर्नुभएको छ,’ उनले
भने । सिधाबाटो बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय