शुक्रबार , चैत्र १६, २०८०

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको आयु बढीमा १५ महिना भएको बताउनुभएको छ ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले १५ महिनापछि यो सरकारलाई खोजेर पनि भेट्न नसकिने दाबी पनि गर्नुभयो ।

राष्ट्रिय युवा सङ्घ नेपालले सोमवार काठमाण्डाैमा आयोजना गरेको वृहत् युवा भेलामा बोल्दै उहाँले यो सरकारलाई नेपाली नागरिकले
छिटो भन्दा छिटो बिदा गर्नुपर्ने भन्दै पार्टीका युवाहरूलाई चुनावकाे तयारीमा जुट्न आह्वान गर्नुभयो ।

अध्यक्ष ओलीले वर्तमान सरकारलाई केही दिनको पाहुनाको संज्ञा दिँदै भन्नुभयो, ‘अहिलेको सरकार शाश्वत होइन । यो सरकार अलिक
दिनको मेजमान, पाहुना । ब’लज फ्ती आएको पाहुना । थोपरिएको पाहुना । षड्यन्त्रबाट जन्मेको पाहुना । अवै ध सम्बन्धहरूको उपज
पाहुना । यसलाई नेपाली नागरिकले सकेसम्म छिटो बिदा गर्नुपर्छ । तर छिटै बिदा गर्न सकिँदैन भने पनि हतारिनु पर्ने केही छैन ।

अर्को मङ्सिरसम्ममा चुनाव गर्नुपर्छ । कति रह्यो विचार गर्नुस् त । भदौ गइ गो, असोज, कात्तिक, मङ्सिर । अब १४ महिना रह्यो
। अब १५ महिनामा त यो सरकारलाई खाजेर पनि भेटिँदैन । तपाईँहरू सुत्नु भो भने त यस्ता सरकारहरू त बनिरहन्छन् ।

तपाईँहरू सुत्नु हुँदैन । तपाईँहरू उठ्नु भाे भने त यस्ता सरकारहरू बिदा हुन्छन् । नागरिककाे सरकार बन्छ । देशभक्त सरकार बन्छ ।’

अध्यक्ष ओलीले भारतीय प्रधानमन्त्री मोदी र एमसीसीवि ‘रु’द्ध नबोल्न सरकारले दिएको निर्देशनप्रति आप’त्ति जनाउँदै सोझै संविधानलाई
चु’नौती दिने गरी उ’र्दी जारी नगर्न पनि सचेत गराउनुभयो । नागरिककाे बाेल्ने स्वतन्त्रतालाई समेत बन्देज लगाउन निर्देशन दिएको
भन्दै उहाँले यस्तो सरकारलाई मात्रै तानाशा’हीको संज्ञा दिन सकिने तर्कसमेत गर्नुभयो । अध्यक्ष ओलीले वर्तमान सरकारले आफ्ना
नागरिक बेप’त्ता हुँदासमेत भारतीय पक्षसँग कुरा गर्न नसकेको भन्दै आक्रो’श व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘वर्तमान सरकार घरको बाघ, वनकाे स्याल हो । अब त सोझै संविधानलाई चुनौ’ती दिएर उर्दी जारी गर्ने गर्‍या छ ।
बोल्न पाइँदैन । अहिले नबोल्न निर्देशन दिइन्छ । अब बो’लेमा कार बाही गरिन्छ भनेर थर्काइ’न्छ । म भन्न चाहन्छु– शासन दम’नकारी

हुन पाउँदैन । शान्तिपूर्ण, विचार स्वतन्त्रता, अभिव्यक्तिको स्वतन्त्रता, शान्तिपूर्ण वि’रोध गर्ने स्वत’न्त्रता, वि’रोध प्रदर्श’नकाे स्वतन्त्रता
त्यो खोस्न सक्दैन । त्यो बाटो लिन थाल्यो भने त्यसलाई भन्छ– ता’नाशाह । र तानाशा’ही टिक्दैन भन्ने कुरा हामी सबैलाई थाहा छ ।

ता ना’शाही टिक्नेवाला होइन । अहिले उहाँहरूले विकास, निर्माणको बारेमा बोल्ने गरेको सुन्नुभएको छ, तपाईँहरूले ? हाम्रो सरकार
बनेको एक महिनामा मैले के–के काम गरेर, भनेर बोल्ने गर्दथेँ । अब के काम गर्ने भनेर बोल्थेँ । हामीले देशको बारेमा बोलेनौँ,
नागरिककाे बारेमा बोलेनौँ । छिमेक सम्बन्धमा बखेडा निकाल्यौँ । नभएका समस्यामा समिति र आयोग बनाएर सम्बन्ध बिगार्ने बाटो बनायौँ ।

यसको आलो चना एमालेले गर्न थाल्यो । विपक्ष भएर बोल्न पाइन्छ, आ लोचना गर्न पाइन्छ भनेर कराउन थाल्छन् । अरू केही भन्ने बाटो
छ ? भन्ने केही कुरा छ, विषय छ ? उनीहरूको दिमागमा देश छैन । उनीहरूको दिमागमा, चिन्तनमा नागरिक छैन । समृद्ध नेपाल

सुखी नेपाली भन्दा त झस’ङ्ग हुन्छन् । कोही बोलेको सुन्नु भएको छ, तपाईँहरूले । समृद्ध नेपाल किन भन्न सक्दैनन् यिनीहरु ? सुखी
नेपाली भन्दा किन आतिन्छन् यिनीहरू ? यी आफूमात्रै सुखी हुनुपर्ने । नागरिक सुखी हुुनुपर्छ भन्दा यिनीहरू आत्तिन्छन् ।

यी पाँच दलका कुनै नेताले समृद्ध नेपाल सुखी नेपाली भन्ने आँट गरोस् त एक पल्ट । वेदको एउटा मन्त्रले भन्छ– सर्वे भवन्तु सुखिनः,
सर्वे सन्तु निरामायाः । अब यिनले त्यो पनि भन्न सक्दैनन् । त्यो वेदमा पनि उनीहरू केपी ओली, ओली देख्छन् के । सर्वे भवन्तः
सुखी (सबै सुखी होऊन्) । यो त केपी ओली, केपी ओली ताल भो, वेदैमा कसरी लेखियो ? उनीहरूलाई त्यो त्रा’स छ ।’

अध्यक्ष ओलीले एमालेलाई एक्ल्याएर देखाउन पनि सत्तारुढ गठबन्धनलाई चुनौती दिनुभयो । उहाँले चुनाव जति नजिक आयो,
एमाले प्रवेश गर्नेहरू लहर बढेर जाने दाबी गर्दै आफ्नो पार्टीलाई कसैले पनि एक्ल्याउन नसक्ने बताउनुभयो ।उहाँले सरकारले कामै
गर्न नसकेको भन्दै दर्जनौँ प्रश्न गर्नुभयो । उहाँले राष्ट्रियताको सबाल, नागरिकको जिउधनको सुरक्षाको सबालमा छिमेकी देशसँग बोल्ने
आँट समेत सरकारले गर्न नसकेको पनि दोहोर्‍याउनुभयो । उज्यालो अनलार्इनबाट साभार गरियको खबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय