मंगलबार , बैसाख ११, २०८१

सिद्धार्थ शुक्लाको निधनले बलिउड शोकमग्न छ ।

कुनैपनि कलाकारले उनलाई बिर्सन सकिरहेका छैनन् । उनीहरु सिद्धार्थ फर्किएको देख्न चाहन्छन्, जुन असम्भव छ ।

शहनाज गिलको स्थिति पनि नाजुक छ, उनी पीडामा छिन् ।

बिग बाेस १४ कि प्रतिस्पर्धी पवित्रा पुन्य पनि सिद्धार्थलाई सम्झिएर भावुक बनेकि छिन् । उनले सिद्धार्थ र शहनाजकाे सम्बन्ध
पवित्र रहेकाे र श्रीमान्–श्रीमतीको जस्तो रहेकाे बताएकी छिन् । उनले याे जाेडीलाई कसैले कहिले पनि बिर्सन नसक्ने पनि बताइन् ।

उनले भनेकि छिन् – ‘उनीहरुको कपल बोन्डिङ पवित्र थियो । उनीहरुको बोन्डिङ कस्तो थियो भन्ने कुरा कसैले कल्पना पनि गर्न
सक्दैन । मलाई त यो सम्बन्ध एक श्रीमान्–श्रीमतीको जस्तो लाग्थ्यो । मानिसहरु सधैँभरी शहनाज र सिद्धार्थलाई सम्झिरहने छन् ।
मलाई पनि उनीहरुको जोडी मन पर्छ । म यो कामना गर्न चाहन्छु कि शहनाज यो दुःखबाट छिट्टै बाहिर निस्कन सकून् ।’

बिग बोस सिजन १३ का विजेता सिद्धार्थ शुक्ला सधैँका लागि यो संसार छोडेर गइसकेका छन् । ४० वर्षका सिद्धार्थको हृदयघातका
कारण उनकाे बिहीबार निधन भएकाे हाे । शुक्रबार अन्तिम संस्कार गरिएकाे थियाे । उनकाे अन्तिम संस्कारमा शहनाज पनि पुगेकि थिइन् । तरार्इ अनलार्इन बाट साभार गरियको खबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय