बिहिबार , चैत्र १५, २०८०

नेकपा एमालेका सचिब पृथ्वी सुब्बा गुरुङले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि गम्भी’र प्रश्न उठाएका छन् ।

लुम्बिनी प्रदेशमा सत्ता परिबर्तनप्रति चिन्तित हुदै सचिब गुरुङले अध्यक्ष ओलीकै कारण एमाले खरा’नी बन्न सक्ने बताएका हुन ।

अध्यक्ष ओलीमा बिकसित भएको अहं’कार, दम्भ र ब्यक्तिबादले पार्टी समाप्त हुन सक्ने खत’रा उत्पन्न भएको उनको भनाई छ ।

अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दो’लनबाट गम्भी’र शिक्षा लिदै नेकपा एमालेले सामुहिक नेत्तृत्व प्रणालीलाई अपनाए पनि अध्यक्ष ओलीले
यसको पालना नगर्दा पार्टी बिघटनको दिशातिर उन्मुख भएको उनको भनाई छ ।

‘हाम्रो मौजुदा बिधानले नै सामुहिक नेत्तृत्व प्रणालीलाई अंगी’कार गरेको छ । तर अध्यक्ष ओली उत्तर कोरियाली कम्युनिष्ट पार्टीको प्रमुख
जस्तो गरेर अघि बढ्न थालेपछि समस्या देखा परेको हो ।’ सचिब गुरुङ भन्छन् ‘ओलीको त्यस्तो ब्यक्तिबादी कार्यशैलीकै कारण
एमालेलाई अपुरणीय क्षति भइसक्यो । अब त पार्टी खरानी हुन मात्र बाँकी छ ।’

अध्यक्ष ओलीको दम्भका कारण यसअघिको निर्बाचनमा प्राप्त भएको एमालेको बिरासत ढल्न सुरु गरेको सचिब गुरुङको भनाई छ ।
‘एमाले ०७३ साल र ०७४ सालका निर्बाचनमा तीनै तहमा ठूलो दल आफ्नो बिरासत कायम ग¥यो । त्यसैले बहुसंख्यक स्थानीय सरकार
सहित प्रदेश–१, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश गरी पाँच प्रदेशको सरकारको नेतृत्व गर्ने अबसर पायौं पनि ।

संघमा पनि स्पष्ट बहुमतका साथ सत्तासिन भयौं ।’ उनी भन्छन् ‘आज अध्यक्ष ओलीको अहंकार र एक्लै हिड्ने प्रबृतिका कारण संघ
गुम्यो, गण्डकी गु’म्यो, लुम्बिनी गुम्यो । अझै अरु गुम्नेवाला छन् ।’साढे तीन बर्षमै यति ठूलो क्ष’ति ब्यहोर्नुले एमालेको भबिश्य के होला
भनेर चिन्ता गर्नु पर्ने बेला आउको उनको भनाई छ । ‘आफ्नो बहुमत नहुदा सत्तामा आउने जाने हुन्छ । तर अहिलेको अबस्था यस्तो होइन ।’

उनी भन्छन् ‘ओली कमरेड एक्लै हिड्ने दम्भ पाल्दाको परिणति हो, यो । अध्यक्ष ओलीको ब्यक्तिबादी दम्भकै कारण तीन सरकार
गुमाई सकियो । यो यतिमै रोकिने देखिएको छैन ।’ एउटा ब्यक्तिको (ओली) कारण पार्टी र आन्दो’लनले ग’म्भीर ध’क्का खान थाले
काले सबैले सोच्नुपर्ने बेला आएको उनको भनाई छ ।

नेकपा माओवादी केन्द्रसँग भएको ए’कीकरण टुटे’पछि एमालेको ओरालो यात्रा सुरु भएको यथार्थलाई सबैले मनन् र आत्मसात गर्नु पर्ने
उनको तर्क छ । अझ एमाले पनि सिंगो अबस्थामा नरहने हो भने त कम्युनिष्ट आन्दोलन नै क्षतबिक्षत हुने सचिब गुरुङको भनाई छ ।

अहिले भएको अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच पानी बारबारको अवस्थालाई द्वन्द्वबादीढंगले हेर्नु पर्ने उनी बताउँछन् ।
‘आफ्नै पार्टीका अध्यक्ष ओली नेतृत्वको सरकार ढालेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार बनाउन माधब

नेपालले भूमिका खेले भनेर आक्रो’स पोख्ने मात्र होइन, नेता नेपाललाई ओलीले किन त्यहाँसम्म पु¥याए भनेर सोच्ने हो भने बिबा’दको
समाधान भेटिन्छ ।’ उनी भन्छन् । यो खबर हामीले दैनिक न्युज नेपालबाट साभार गरेका हाै ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय