बिहिबार , बैसाख १३, २०८१

राजनितिक विश्लेषक खगेन्द्र संग्रौलाले भर्खर मात्र नेकपा एमाले छाडेको घोषणा गरेका बामदेव गौतमले अब लुगा लगाउन छाड्नमात्रै बाँकी रहेको भन्दै व्यङ्ग्य गरेका छन् ।

‘वचन र अडानको ठेगान नभएका बामदेव’ले छाड्न पनि के–के छाडेका हुन् भन्दै सामाजिक
सञ्जाल टिव्टरमा उनले यस्तो लेखेका हुन् ।

उनले लेखेका छन्,‘वचन र अडानको ठेगान नभएका वामदेव गौतमले छाड्न पनि के के छाडेका हुन् गाँठ्ठे !

चुनाव हारेका मान्छेले राष्ट्रिय सभा ओघटेर ग ति छाडे ।
जसरी नि प्रधानमन्त्री बनाइपाऊँ भनेर मति छाडे ।

घरी ओली गुट छाडे,घरी माधव गुट छाडे ।
आज एमाले छाडेछन् ।

यिनले अब लुगा लाउन छाड्नमात्रै बाँकी रह्यो त !’

यो खबर हामीले दैनिक न्युज नेपालबाट साभार गरेका हाै ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय