शुक्रबार , बैसाख ७, २०८१

विगत पाँच दिनदेखि मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा धौलागिरिका चार जिल्लामा तरकारी, फलफूल र खाद्यान्न अभाव हुन थालेको छ ।

यही भदौ १७ गते राति आएको भीषण वर्षाका कारण मध्यपहाडी लोकमार्गको पर्वतखण्डका २० ठाउँमा पहि रो जाँदा
धौलागिरिका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङसँगको सडक सम्पर्क टुटेको छ ।

सडक खुलाउन आइतबार बिहानदेखिनै प्रयास भइरहे पनि सम्भव हुन सकेको छैन । बुधबारसम्म सडक
सकिने प्रहरीले जनाएको छ ।

चार जिल्लालाई पोखरालगायत सङ्घीय राजधानीसँग जोड्ने मुख्य सडक अ वरुद्ध भएपछि ताजा तरकारी, खाद्यान्न र फलफूलको अभाव
हुन थालेको छ । महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिँदै गएको बेला तरकारी र फलफूलको माग अन्य समयभन्दा बढी
हुने भए पनि आयात गर्न नसक्दा अभाव भएको कुश्माका तरकारी व्यवसायी ज्ञानेन्द्र बाँस्तोलाले जानकारी दिए ।

उनका अनुसार धौलागिरिभित्र हुने उत्पादनले बजारको माग धान्न नसक्ने र सबै किसिमका तरकारी तथा फलफूलहरु यस क्षेत्रमा उत्पादन
नभएकाले पनि पाँच दिनदेखि आयात रोकिँदा समस्या भएको छ ।तीजमा तरकारी र फलफूललगायतका खाद्यवस्तुको उपयोग बढी हुने
तर यही बेलामा ती वस्तुहरूको अभाव हुँदै जान थालेको कुश्माका अर्का फलफूल तथा तरकारी व्यवसायी रामप्रसाद रखाल बताउनुभयो
। उहाँका अनुसार बजारमा अभाव सिर्जना भए पनि मूल्यसमेत महङ्गिएको छ ।

“रु २५० मा बेच्ने गरेको स्याउ रु ४०० मा, रु ६० को बन्दा रु१०० मा, रु १५० को काउली रु २०० मा, रु७० को करेला रु १२०
मा, रु ६० को टमाटर रु १२० मा बेचिएको छ”, उनले भने, “गाउँबाट आउने उत्पादनलाई भाग लगाएर महँगोमा लिनु परेको छ ।

त्यही पनि स्थानीय उत्पादनले त एक छेउ पनि हुँदैन ।” पेट्रोलियम पदार्थको पनि अभाव भएको छ । लामो समयका लागि सञ्चित
गर्ने व्यवस्था नहुने र बाहिरबाट ल्याउन रोकिँदा भएको सञ्चितीले नधान्ने व्यवसायीहरू बताएका छन् ।

“अझै एक/दुई दिन डिजेल मिलाएर वितरण गरे पुग्ला तर पेट्रोल सकियो”, गण्डकी धौलागिरि पेट्रोलियम डिलर एसोसिएसनका सदस्य
हरिबाबु सापकोटाले भने, “एकै पटक धेरै राख्दा पेट्रोलियम पदार्थ टिक्दैन, स्टोर नभएका कारण अभाव हुने देखिएको हो ।” बजारमा
सामग्री अभाव हुँदै जाँदा महँगी र कालोबजारी बढ्नसक्ने भएकाले प्रशासनले यो बारेमा गोप्य अनुगमन गरिरहेको र कसैले त्यस्तो गरेको
पाइएमा तुरुन्तै कारबाही गरिने प्रमुख जिल्ला अधिकारीदेवी पाण्डे खत्रीले बताए ।

“प्रशासनले कसैलाई ग्राहक बनाएर पसलमा पठाउने र कालोबजारी तथा महङ्गीबारे सूचना लिएर आएपछि प्रशासनले तुरुन्तै एक्सन लिन्छ”,
उनले भने “हामी एकतर्फी रूपमा भए पनि छिटो बाटो सञ्चालनमा ल्याउनुपर्छ भनेर लागिरहेका छौँ ।” वैकल्पिक मार्ग नभएका कारण

डिजेल, पेट्रोल, खाद्यान्न, तरकारी तथा फलफूललगायतका सामग्री लिएर आउँदै गरेका ट्याङ्कर तथा ट्रकहरू पर्वतको मोदी गाउँपालिका–५
पातीचौरमा रोकिएका छन् । पहिरोका कारण सडक अवरुद्ध हुँदा बागलुङ, पर्वतलगायतका जिल्लाबाट उपभोग्य वस्तुको निर्यातमा पनि
समस्या भएको छ । आलु, दूध, खसी बोकालगायतका उत्पादन धौलागिरिबाट निर्यात हुने गरेको भए पनि सडककै कारण समस्या भएको
छ । नागरिक खबर बाट साभार गरियको

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय