शुक्रबार , चैत्र १६, २०८०

नेपाली राजनिती,

नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले अहिलेको सरकारलाई सर्वोच्च अदा
लतको आदे शबाट जन्मिएको टिप्पणी गरेका छन् ।

सोमबार राष्ट्रिय युवा संघ नेपालले गरेको कार्यक्रममा बोल्दै नेम्वाङले अहिलेको सरकारलाई सर्वोच्चको आदे
शबाट जन्मिएको सरकार भन्दै एउटा सिन्को पनि भाँच्न नसेको टिप्पणी गरेका छन् ।

‘अदालतले पुनःस्थापना गरिदियो । पहिलो विघटन पुनःस्थापित हुँदा पनि संसदले केही काम गर्न सकेन’ उनले भने ‘दोस्रोपटक वि
घटन प्रधानमन्त्रीको बाध्यता थियो । दोस्रोपटक पनि पुनस्स्थापित गरिदियो । ३० दिनमा एउटा सिन्को भाँच्न सकेको थिएन ।
यो सरकारले विजनेश दिएन ।’

उनले मन्त्रिपरिषद् विस्तार गर्दा सरकार ढल्ने र दल फुट्ने देखिएको पनि बताए । सरकार बनेको ५० दिनसम्म मन्त्रिपरिषद्वि
स्तार नहुनुमा सरकार ढल्ने डर मुख्य कारण भएको उनको भनाई छ ।

नेम्वाङले भने, ‘पाँच जना मन्त्रीले चलेको यो सरकार ५० दिन पुग्दा पनि विस्तारको नाम निशाना छैन । सरकार विस्तार गर्दा यो
सरकार नै पो ढल्छ भन्ने डर छ ।’उनले भने, ‘सरकार विस्तार भयो भने दल फुट्ने हो कि सरकार नै ढल्ने हो कि भन्ने अचम्मको
अवस्था छ । यो अवस्थामा सरकार चलिरहेको छ ।’ नागरिक खबर बाट साभार गरियको खबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय