काठमाडौंका २

स्थानीय तहका उप–प्रमुखसहित ३५ जना नेकपा एमाले छोडेर माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा आवद्ध भएका छन् ।

शुक्रबार २ वटा स्थानीय तहका उप–प्रमुखसहित ३५ जनाले नेकपा एमाले छोडेर नेकपा समाजवादीमा आवद्ध भएको बागमती
प्रदेशसभा सदस्य एवम् नेकपा एकीकृत समाजवादी काठमाडौंका अध्यक्ष बसन्त मानन्धरले जानकारी दिए ।

उनका अनुसार ३५ जना जनप्रतिनिधिले शुक्रबार जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा नेकपा समाजवादीको पक्षमा सनाखत गरेका हुन् ।
काठमाडौंको शंखरापुर नगरपालिकाकी उप–प्रमुख शुक्रलक्ष्मी श्रेष्ठ, तार्केश्वर नगरपालिकाकी उप–प्रमुख भवानी डोटेल धितालसहित
३५ जना नेकपा एसमा खुलेको अध्यक्ष मानन्धरले बताए ।

अध्यक्ष मानन्धरका अनुसार काठमाडौं महानगरपालिकाका २ जना वडा अध्यक्ष, तारकेश्वर नगरपालिकाका २ जना वडा अध्यक्ष
र टोखा नगरपालिकाका एक जना वडा अध्यक्षले नयाँ पार्टी रोजेका छन् ।

यसैगरी काठमाडौं महानगरपालिकाका प्रवक्तासमेत रहेका वडा नम्बर १५ का अध्यक्ष इश्वर मान डंगोल र वडा नम्बर ७ का वडा
अध्यक्ष शुक्रमान डंगोलले पनि नयाँ पार्टी रोजेका छन् ।त्यस्तै तर्केश्वर नगरपालिका वडा नम्बर २ का रविन्द्र केसी र वडा नम्बर
६ का वडा अध्यक्ष मधु कार्कीले नेकपा एसमा सनाखत गरेका छन् ।

टोखा नगरपालिका वडा नम्बर ९ का अध्यक्ष पनि नयाँ पार्टीमा खुलेको र आगामी २२ गतेसम्म काठमाडौंका धेरै जनप्रतिनिधिहरु
आफूहरुको पार्टीमा सहभागी हुने अध्यक्ष मानन्धरले दावी गरे । रातोपाटीबाट साभार गरियको खबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय