मंगलबार , बैसाख ११, २०८१

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले धर्मनिरपेक्षता र संघीयता तुरुन्तै खा रेज हुनुपर्ने बताएका छन् ।

मकवानपुर क्षेत्र नम्बर २ प्रदेश (ख) पार्टी कार्यालयको मनहरीमा उद्घाटन गर्दै थापाले अहिलेको शासन प्रणाली मुलुकको
लागि अनावश्यक बोझ भएको समेत बताए ।

साथै शासन जनताको छोराछोरीले गरे पनि अभिभावकको रुपमा राजसंस्था राख्नुपर्ने बताए । मुलुकमा ब्रम्हलु टको अवस्था
बारे महालेखा परीक्षकको प्रतिवेदनले कहा लीलाग्दो तस्बिर देखाएको चर्चा गर्दै थापाले निर्वाचन प्रणालीमा सुधार हुनुपर्ने बताए ।

राजनीतिलाई भ्रष्टाचारतर्फ उन्मुख गराउने निर्वाचन प्रणालीले नेता, भ्रष्टाचारी, माफिया, कर्मचारी र बिचौलियाको
गठबन्ध न झन् बलियो बनाउनेतर्फ सजग हुनुपर्ने थापाको भनाइ छ ।

करोडौं खर्च गरेर चुनाव जित्नेहरूको ध्याउन्न कमाउनेतर्फ केन्द्रित हुने भन्दै थापाले राजनीतिलाई कमाई खाने माध्यम बनाउन दिन नहुने
बताए ।फरक प्रशंगमा दार्चुलाका जयसिंह धामीलाई न्याय दिने बिषयमा सरकार कमजोर देखिनु आपत्तिजनक भएको बताए ।

राप्रपा कार्यसम्पादन समिती सदस्य राजाराम बर्तौलाले सिद्धान्त ,नीति बिचार कमजोर बनाउने षडयन्त्रप्रति कार्यकर्ता चनाखो हुनुपर्ने बताए ।
उनले भ्रमलाई चिरेर पार्टी र विचार स्थापना गर्ने अभियानमा सक्रियतापूर्वक क्रियाशील हुन आग्रह गरे। रातोपाटीको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय