बिहिबार , बैसाख १३, २०८१

जनता समाजवादी पार्टी (जसपा) नेपालमा सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले विदेश नीतिमा
राष्ट्रिय सहमति कायम गर्नुपर्ने बताएका छन् ।

देशको आन्तरिक दलीय राजनीतिलाई वैदेशिक कूटनीतिसँग छासमिस गरियो भने त्यसबाट कोरोनाको
नयाँ भेरिएन्ट भन्दा खतरनाक प्रतिगमनको नयाँ भेरिएन्ट जन्मन सक्ने उनको भनाइ छ ।

उनी भन्छन् – देशभित्र स्वस्थ राजनीतिक प्रतिस्पर्धा गरौँ तर विदेश नीतिमा राष्ट्रिय सहमति कायम
गरौँ! ख्याल राखौँ-अरूलाई खाने बाघले आफूलाई पनि खान सक्छ ! रातोपाटी बाट साभार गरियको यता

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले देशमा हालसम्म पनि राजनीतिक अस्थिरता कायम रहेको बताएकी छिन् ।आइतबार
जिल्ला समन्वय समिति मकवानपुरको समीक्षा बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाक्यले देशमा भएको विभिन्न चरणको
जनक्रान्तिले व्यवस्था परिवर्तन गरेपनि राजनीतिक अवस्था र अस्थिरतालाई परिवर्तन गर्न नसकेको भन्दै चिन्ता व्यक्त गरिन् ।

वर्तमान अवस्थामा राजनीतिज्ञहरुले जनताका अपेक्षा बुझ्न नसकेकाले दैनिक रुपमा सरकार परिवर्तनको खेल भइरहेको बताइन् ।जननि
र्वाचित बहुमतको सरकारलाई पनि राजनीतिज्ञहरुले स्वार्थ पूर्तिका लागि प्रयोग गर्दा देशमा अस्थिरता कायम रहेको उनको भनाइ छ ।

व्यवस्था परिवर्तनसँगै नयाँ अभ्यास गरिरहेको प्रदेश र स्थानीय तहहरुले संघीय सरकारले सही नेतृत्व र दिशा दिन नसकेको उनले बताइन् ।राजनीतिक अस्थिरतालाई हटाउन तीनै तहका सरकारले संविधानको व्यवस्था अनुसार जनताको बलिदानबाट प्राप्त व्यवस्थालाई
जोगाउनु पर्ने उनले बताइन् ।

उनले संघीयता पछि निर्माण भएका तीन तहका सरकारका बीच समन्वयको अभाव भएको बताइन् ।
संविधानमा नै तीन तहका सरकारको अधिकार तोकिएको भए पनि सो लागू हुन नसक्दा जनभावना अनुकुलका काम र
स्थायित्व हुन नसकेको उनको गुनासो छ ।

तिनै तहका सरकार बीच समन्वय नहुँदा लक्ष्य अनुसारको विकास निर्माणको कामले गति दिन नसकेको उनले बताइन् ।

मुख्यमन्त्री शाक्यले तीनै तहको सरकारले भौतिक पूर्वाधारलाई नै विकास ठानेर बार्षिक बजेटलाई त्यसतर्फ केन्द्रीत गर्न नहुने बताइन् ।
उनले सबै क्षेत्रको समान विकास र विस्तार हुनु पर्ने भन्दै बजेटलाई सही तरिकाले क्षेत्रगत रुपमा विनियोजन गर्नुपर्ने बताइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय