बिहिबार , चैत्र १५, २०८०

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल राजनीतिक इतिहासकै सबैभन्दा ठूलो त’नावमा छन् ।

उनलाई सरकारमा फठाउने मन्त्रीको नाम टुङ्ग्याउन नसकेपछि तना’व थपिएको हो ।

नेकपा एमालेमा हुँदा केपी शर्मा ओली गुट परिवर्तन गरेर माधवकुमार नेपालको समूहमा लागेका ८ जना
सांसदले झन् ठूलो तना’व दिएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई संसदमा विश्वासको मत दिन माधव गुटमा प्रबेश गरेका उनीहरुले ८ जनाबाट
२ जनालाई मन्त्री बनाउन पर्ने दबाव दिदै आएका छन् ।

त्यही अडानका कारण माधव नेपालको त’नावको पारा आका’शीएको छ । माधव नेपालसँगको भेटमा सांसद प्रेम आलेले आफू र
किसान श्रेष्ठलाई जसरी पनि मन्त्री बनाउन दवाव दिइरहेको श्रोतको भनाई छ । यदी मन्त्री नबनाउने भए आफूहरु छुट्टै पार्टी
बनाउने धम्की समेत सुनाएको श्रोतको भनाई छ ।

राजनीतिक दल विभाजन सजिलो बनाउने गरी सरकारले ल्याएको अध्यादेश अझै निष्कृय भएको छैन । अध्यादेशले अहिलेसम्म नेकपा
एमाले र जनता समाजवादी वि’भाजित भएका छन् । मन्त्री बनाउने सहमती नभए आज भोलीनै पार्टी फुटाउने उनीहरुको तयारी छ ।

अध्यादेश अझै २२ भदौ यता निष्कृय नहुने निश्चित छ । उक्त दिनसम्म फुटेका दलहरुभित्र प्रदेश सभा सांसद र स्थानीय
निकायका जनप्रतिनिधिलाई दल रोज्ने समय तोकिएको छ । त्यसपछि अध्यादेश निष्कृय बनाउने रणनीति बनाइएको छ ।

२२ भदौयता फुटे’का र फु’टबाट बनेका दलहरुले मन्त्रिपरिषद विस्तार रोक्न लगाएका छन् । त्यसकारण पनि प्रधानमन्त्री शेरबहादुर
देउवा रोकिएका छन् । मन्त्रिमण्डल विस्तार तत्काल गरे अस’न्तुष्टहरुले फेरि दल फुटाउने सम्भावना बढ्छ ।विशेषगरी २३ प्रतिनिधि
सभा सांसद रहेको नेकपा एस र १९ सांसद रहेको जसपा फु’ट्ने सम्भावना रहन्छ ।

नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले २२ भदौयता मन्त्रिपरिषद विस्तारबारे कसैले चुँइक्क सम्म नगर्ने बताइसकेका छन् ।
जसपा अध्यक्ष उपेन्द्र यादवको पनि त्यही चाहना छ । त्यसैले मन्त्रिपरिषद विस्तार गर्न खोज्दा संख्या र मन्त्रालयबारे माधव नेपाल
र उपेन्द्र यादवले विवाद झिकेका थिए । यो दुवैको रणनीतिका रुपमा लिइएको छ ।

जसपाका १९ सांसदमध्ये १८ जना मन्त्रीका आकांक्षी छन् । अधिकतम ४ मन्त्री पाउने जसपालाई सबैभन्दा सांसद व्यवस्थापनको चुनौती
छ । अस’न्तुष्टि बढिहालेमा जसपा अर्को दुर्घ’टनामा पर्न सक्छ ।अध्यादेश सक्रिय भइरहे नेपाली काँग्रेसलाई पनि ‘डर छ । महाधिवेशनको
पूर्वसन्ध्यामा रहेको काँग्रेसमा एक्कासी बढ्न सक्ने असन्तु’ष्टिले दुर्घ’टना निम्त्याउन सक्छ ।

६१ सांसद रहेको काँग्रेस अध्यादेश अनुसार १२ सांसदले नै वि’भाजन गर्न सक्छन् । ४९ सांसद रहेको माओवादी १० सांसदले फु’टाउन
सक्छन् । २३ सांसद रहेको नेकपा एस ५ सांसदले फुटा’उन सक्छन् । १९ सांसद भएको जसपा ४ सांसदले फुटाउन
सक्छन् । यो खबर माेटिभ न्युजबाट साभार गरियको

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय